
काठमाडौं । पार्टीभित्र सङ्कट गहिरिँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओली आफैं पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न उनकै निवास खुमलटार पुगेका छन् । प्रधानमन्त्री ओली शनिबार बिहान १० बजे खुमलटार आइपुग्नेगरी खबर पठाएको प्रचण्डनिकट स्रोतले जानकारी दियो ।
“प्रधानमन्त्री आउँदै हुनुहुन्छ भनेर खबर आएको थियो । सुरक्षालाई पनि जानकारी गराइएको रहेछ,” प्रचण्ड स्रोतले भन्यो । संसदीय दलका उपनेता सुवास नेम्वाङले बालुवाटार बसेर भेटघाट र संवादको तारतम्य मिलाएको बालुवाटार स्रोत बताउँछ ।
प्रधानमन्त्री ओली खुमलटार जानेभएपछि नेकपाभित्र तरङ्ग उत्पन्न भएको छ । पार्टी विभाजनको बलियो आधार तयार पार्न समानान्तर भेला, बैठक, छलफल गर्दै आएका नेकपाका नेताहरू चकित परेका छन् ।
प्रतिक्रिया