Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • पछिल्लो २४ घण्टामा थप १४ जनामा संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप १४ जनामा संक्रमण पुष्टि

    नेपालमञ्च संवाददाता
    बैशाख २४ २०७९, शनिबार

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट १४ जनामा संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २ हजार ७१६ जनाको नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १ हजार ४२० पीसीआर परीक्षण गर्दा ११ जना र १ हजार २९६ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने देशभर २०५ जना सक्रिय संक्रमित रहेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend