Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • राजनीतिमा देखिएको भ्रष्टनीति

    राजनीतिमा देखिएको भ्रष्टनीति

    राहुल कुमार साह
    बैशाख १९ २०७९, सोमबार

    नेपाल एक सार्वभौम सत्तासम्पन्न देश हो जहाँ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा देशको अखण्डतालाई सर्वोपरि मानिएको छ।

    आवश्यक्ता बामोजिम हामी देशमा पटकपटक व्यवस्था पनि फेर्यौँ । वि.स.२००७ सालमा लोकतन्त्र जस्तो व्यवस्था, राजतन्त्र लाई हटाउदै २०६५ सालमा गणतन्त्र जस्तो व्यवस्था , २०७२साल मा संघीयता जस्तो व्यवस्था लाई आत्मसात गर्दै नेपालको संविधान २०७२ अनुरुप देशमा हामी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पश्चात त्यही प्रणालीमा देश को शासन व्यवस्था चलीरहेको छ।

    देशमा हामी पटकपटक शासन व्यवस्था फेर्यौँ तर अवस्था अझै फेर्न सकेनौँ। देशको अवस्था नफेरुन्जेल सम्म हामी अब देशमा परिवार्तन र राजनीतिक रुपान्तरणको परिकल्पना गर्नु पनि हास्यास्पद विषय होला जस्तो लाग्छ मलाई।

    राजनीति भनेपछी भ्रष्टचार को केन्द्र सरह मानिनु त स्वभाविक नै हो किन भने तिनै तहका नेताहरुले राजनीति लाई पेशा ठाने । राजनीतिलाई केवल राज्यको नीति ठानिनु पर्ने हो तर राज्यको नीति नठानी राज गर्ने नीति ठानियो। हो भ्रष्टचार त्यही बाट सुरु भयो।

    ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्ट्राचार सम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ३१ अंक सहित १२२ औं स्थानमा उक्लिएको छ।

    विगत ५ वर्ष देखी तिनै तहका सरकारका प्रतिनीधीहरु भ्रष्टचारमा लिप्त भएको कुर पनि सत्य नै हो। दिनदिनै सुचना समाचारहरु मार्फत जनप्रतिनिधीहरुको भ्रष्टचार को खुलासा पनि हुन्थ्यो तर त्यो खुलासा भए पछी मुद्दा शान्त हुन पनि बेर लागेन। किनभने भ्रष्टचार बिरुद्धको सिपाही एक मात्र अख्तीयार दुरुपयोग अनुसन्धान आयोगलाई मानिए पनि एक दृढ सिपाही जस्तो उभेको कसैलाई कहिल्यै महसुस भएन र अख्तीयार आफै भ्रष्ट भएको प्रमाणीत नै गर्न थाले।

    हजारौं मुद्दा अझै पनि अख्तीयार दुरुपयोगमा दायर छन तर ति मुद्दाहरुलाई बिचाराधीनमा राखी कयौं वर्ष लगाई मुद्दा मिलाउने बिचौलियाको काम गरेको मात्र हेर्न पाईयो जस्ले गर्दा झनझन भ्रष्टाचारीहरु खुलेआम पैसा लुट्दै गए।

    जब सम्म शिक्षालाई राजनीतिसँगको सम्बन्ध प्रगाढ बनाइदैन तबसम्म राज गर्ने नीति बाट हामी शासित भई रहन्छौँ र हुँदैछौँ पनि। राजनीति एक निस्वार्थ भावनाबाट प्रभावित बैचारिक र सैद्धान्तिक मुल्य मान्यताको गहना हो जसले हाम्रो समाजलाई आवश्यकताकोबेला सिंगार्ने काम गर्छ।

    शिक्षा बिनाको राजनीति, परिकल्पना बिनाको राजनीति, सिद्धान्त बिनाको राजनीति, निती बिनाको राजनीति, सक्षमता बिनाको राजनीति नै भ्रष्टचार निम्त्याउँछ र निम्त्याउदैछ पनि। समग्र रुपमा भ्रष्टचार को मुख्य आधार यही कुराहरु हो।

    यदी राजनीतिमा भ्रष्टचार लाई नियुनीकरण गर्नु छ भने हरेक तह र हरेक पदमा लोक सेवा जस्तै शैक्षीक ब्यारियर लगाउन अहिलेको आवश्यकता देखीएको छ।

    राजनीतिलाई राज गर्ने नीति न मानि राज्यको नीति मानेर राजनीतिलाई सफा, स्वच्छ र निस्वार्थ राख्न अहिलेको शिक्षीत पुस्ताले गर्नु पर्ने काम हो।

    राजनीतिमा भ्रष्टाचार जस्ता वर्तमान समस्या समाधानका लागि उपायहरु:

    सबल राजनीतिक नेतृत्वः निर्वाचन पद्धतिमा सुधार गर्नुपर्छ । असल राजनीतिक संस्कार कायम गर्नुपर्छ । अपराधको राजनीतिकरण र राजनीतिक अपराधीकरण बन्द गर्नुपर्छ । राजनीतिक दलहरुको आय व्यय सार्वजनिक गर्नुपर्छ ।

    नैतिक आचरणमा सुधारः राजनीति, प्रशासन, निजीक्षेत्र,, नागरिक समाज आम सर्वसाधारण सबैमा नैतिकता र निष्ठाको प्रवर्द्धन गर्नुपर्दछ । प्रभाकारी दण्ड पुरस्कार नीति र रोल मोडल संस्कृति लागू गर्नुपर्दछ ।

    सामाजिक मान्यता र व्यवहारमा परिवर्तनः हाम्रा सकारात्मक प्रथा, परम्परा र संस्कृतिलाई प्रवर्द्धन गर्नुपर्छ । नकारात्मक मूल्य संस्कृतिलाई हटाउँदै लैजानुपर्छ । समाजमा धनी मान्छे सम्मानित हुने प्रवृत्ति हटाई उसको धनको स्रोत खोज्नसक्ने सामर्थ्य विकास गर्नुपर्छ ।

    आर्थिक उन्नतिमा जोडः गरिबी निवारण, रोजगार प्रवर्द्धन, मानवीय क्षमता, सीप विकास, उद्यमशीलता प्रवर्द्धन, आर्थिक रुपान्तरणमा जोड।

    जनचेतनामा वृद्धिः नागरिक सचेतना र जागरुकता प्रवर्द्धन गर्नुपर्छ । भ्रष्टाचार विरुद्ध नागरिक नियन्त्रण कायम गर्नुपर्छ ।

    दृढ राज्य नीतिः कडा कानूनी व्यवस्था भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता नीति आचारसंहिता निर्माण र कार्यान्वयन सबल संस्थागत प्रबन्ध र दृढ प्रतिवद्धता कायम गर्नुपर्छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend