Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • धन्न देउवा प्रधानमन्त्री भएछन्, प्रधानाध्यापक भएको भए थर्डलाई फर्स्टब्वाई बनाउने रहेछन् : अभिनेता गिरी

    धन्न देउवा प्रधानमन्त्री भएछन्, प्रधानाध्यापक भएको भए थर्डलाई फर्स्टब्वाई बनाउने रहेछन् : अभिनेता गिरी

    नेपालमञ्च संवाददाता
    बैशाख १९ २०७९, सोमबार

    काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजी) बढुवा अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। दुई जना सिनियएर अतिरिक्त महानिरीक्षक (एआईजी)लाई बेवास्ता गरेर जुनिएर एआईजी धीरजप्रताप सिंहलाई आईजी बनाइएकोप्रति विभिन्न दलका नेता/कार्यकर्तादेखि सर्वसाधारणले विरोध जनाइरहेका छन्।

    प्रहरीको आईजी बढुवा प्रकरणमा अभिनेता तथा निर्माता दीपराज गिरीले पनि व्यंग गरेका छन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले तेस्रो व्यक्तिलाई आईजी बनाएको भन्दै देउवालाई व्यंग गरेका छन्।

    गिरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धन्न शेर बहादुर प्रधानमन्त्री भएछन्! प्रधानाध्यापक भएका भए सधैं थर्ड ब्वाईलाई फर्स्ट ब्वाई बनाइदिने रहेछन!’


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend