२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
नायिका ऋचा शर्मा गर्भवती : आमा सम्झिदै लेखिन् यस्तो स्टाटस
नेपालमञ्च संवाददाता
२०७८ बैशाख १ बुधबार
  •  
  •  
  •  
  •  

178

नेपाली सिने जगतकी चर्चित नायिका ऋचा शर्मा गर्भवती भएकी छिन् ।

नयाँ वर्षको मौका पारेर ऋचा शर्माले बुधबार बिहानै यसबारे जानकारी दिएकी हुन् ।

ऋचाले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘एउटा जीवनलाई आफ्नो गर्भमा हुकाउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आज आफ्नो धड्कनभन्दा कोही अरुको धड्कन मभित्र प्यारो आभाष भइरहेको छ । ’

https://www.facebook.com/Reecchasharrma/posts/318401319642892

प्रशंसकमाझ यो कुरा बाँड्न पाउँदा सम्पूर्ण महसुस भइरहेको पनि उनले बताएकी छिन् ।

उनका अनुसार एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साँच्चै नै सौभाग्यको कुरा हो ।

आफूभित्र हुर्किरहेको नयाँ जीवनको स्वागत गर्नका लागि ऋचा र उनका श्रीमान् दिपेक्ष विक्रम राणाले आफ्नो घरको दैलोमा सजीवनको रुख पनि रोपेका छन् ।

यसबारे उनी लेख्छिन्, ‘यो नयाँ जीवनको आगमन र यो रुखको अटुट साथ सधैं बनिरहोस् भन्ने तपाईंहरु सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु ।’

यो क्रममा उनले आफ्नी दिवंगत आमालाई पनि सम्झिएकी छिन् । आफ्नो स्टेटसको सुरुमा नै उनले लेखेकी छिन्, ‘आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाहा पाउँछस् । आज त्यही कुरा स्मरणमा आइरहेको छ ।’

त्यसपछि अन्तिममा उनी लेख्छिन्, ‘मेरी आमा पनि पर क्षितिजबाट भन्दै हुनुहुन्छ होला, ‘छोरी आज ठूली भई’ ।’

ऋचा शर्माको फेसबुक स्टाटस :

आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाह पाउछस। आज त्यही कुरा स्मरणमा आइरहेको छ । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन। आज आफ्नो धड़कन भन्दा कोही अरुको धड़कन म भित्र प्यारो आभास भईरहेको छ। आज तपाईंहरु माँझ यो ख़ुशी बाँडन पाउदा सम्पूर्ण महसुश भईरहेको छ। एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साच्चै नै सौभाग्यको कुरा हो। त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले यो सजीवनको रुख रोप्दैछौ। यो नयाँ जीवनको आगमन र यो रुखको अटूट साथ सधै बनिरहोस भन्ने तपाईहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु। मेरी आमा पनि पर क्षितिज बाट भन्दै हुनुहुन्छ होला, “छोरी आज ठुली भई।”

भर्खरै