Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • फेसबुकमा समिक्षाले लेखिन् : तिम्रो लागि सधैं म हार्न सक्छु

    फेसबुकमा समिक्षाले लेखिन् : तिम्रो लागि सधैं म हार्न सक्छु

    नेपालमञ्च संवाददाता
    बैशाख १७ २०७९, शनिबार

    काठमाडौं । गायिका समीक्षा अधिकारीले दुई महिनापछि सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेकी छन् । कवितात्मक स्टाटसमा उनले आफू कसैको मायामा डुबेको भाव पोखेकी छन् । गायिकाले आफ्नो स्टाटसमा प्रेमीलाई जिताउनका लागि आफू हार्न पनि सक्ने बताएकी छन् ।

    स्टाटससँगै उनले भावुक मुद्राको तस्बिरसमेत शेयर गरेकी छन् । शुरुमा कवितात्मक स्टाटस मात्र लेखेकी उनले पछि त्यसलाई सम्पादन गर्दै ‘शब्द(संगीतको काम हुँदै’ भनेर थपेकी छन् । फेसबुकमा उनले फेब्रुअरी १७ मा ढाकाटोपी शिरमा रिबन बोलको गीत शेयर गरेकी थिइन् । त्यसपछि उनी सामाजिक सञ्जालमा निस्क्रिय छिन् ।

    यस्तो छ उनको स्टाटस–
    तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छु
    तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु
    तिम्रो जितको उत्सव मनाउने मान्छे हुँ म
    त्यसैले त तिम्रो लागि सधै म हार्न सक्छु


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend