Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • पुराना खेलाडीले प्रशिक्षण छाेडेपछि मैदानमा उत्रिए युवा खेलाडी (फोटोफिचर)

    पुराना खेलाडीले प्रशिक्षण छाेडेपछि मैदानमा उत्रिए युवा खेलाडी (फोटोफिचर)

    नेपालमञ्च संवाददाता
    बैशाख १६ २०७९, शुक्रबार
    3.8K
    SHARES

    काठमाडौँ – राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण नयाँ खेलाडीलाई समेटेर सुरु भएको छ । १० जना खेलाडीहरुले मैदान छोडेपछि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नयाँ खेलाडीलाई समेटेर प्रशिक्षण सुरु गरेका हुन् ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले अभ्यासका लागि बोलाइएका नयाँ खेलाडीको नाम औपचारिक रूपमा सार्वजनिक गरेको छैन् ।

    यसअघि प्रशिक्षक अलमुताइरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रोहित चन्द, विशाल श्रेष्ठ, विशाल राई, दिनेश राजवंशी, सुमन लामा, तेज तामाङ, अनन्त तामाङ, अन्जन विष्ट र सुजल श्रेष्ठले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेका थिए ।

    प्रशिक्षण अलमुताइरीसँग होस्टलको सुविधाको विषयमा कुरा गर्दा सुरूमा रोहित चन्दलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाड्दै घर जान भनिएको थियो ।

    तस्बीरः एन्फा


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend