२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
एमालेमा नेपालको समानान्तर संगठन : आज रुपन्देहीमा जिल्ला कमिटी घोषणा
नेपालमञ्च संवाददाता
२०७७ चैत्र ३१ मंगलवार
  •  
  •  
  •  
  •  

202

बुटवल : नेकपा एमालेमा नेता माधव नेपाल समूहले समानान्तर संगठनलाई निरन्तरता दिएको छ ।

आज नेपाल समूहले लुम्बिनी प्रदेशको रुपन्देहीमा समानान्तर जिल्ला कमिटी गठन घोषणा गरेको हो ।

नेपाल समूहले राजु गुरुङको अध्यक्षतामा जिल्ला कमिटी घोषणा गरेको हो । गुरुङ युवा संघका पुर्व केन्द्रीय उपाध्यक्ष हुन् ।

२ सय ५ सदस्यीय समानान्तर कमिटिको उपाध्यक्षमा पुरूषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी तोकिएको छ ।

सचिव चौधरी तिलोत्तमा नगरपालिकाकी उपमेयर हुन् । जिल्ला कमिटीको विस्तारित बैठकमार्फत एमाले रूपन्देही पुनर्गठन गरिएको अध्यक्ष गुरूङले बताए।

यस्तै क्षेत्रिय कमिटि, पालिका स्तरीय ईन्चार्ज र जनबर्गिय संगठनको संयोजकको समेत जिम्मेवारी तोकिएको जिल्ला सदस्य खेम लुइँटेलले जानकारी दिए।

जिल्ला कमिटी घोषणा कार्यक्रममा नेताहरु युवराज ज्ञवाली र घनश्याम भुसाल उपस्थित थिए ।

रुपन्देहीमा एमाले जिल्ला अध्यक्ष शिव सुवेदी छन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर हुन्। साथै सुवेदी बुटवल उपमहानगरका मेयर हुन् ।

भर्खरै