Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • यस्ता छन् स्थानीय तह निर्वाचनका लागि एमालेका ६ संकल्प

    यस्ता छन् स्थानीय तह निर्वाचनका लागि एमालेका ६ संकल्प

    नेपालमञ्च संवाददाता
    बैशाख ९ २०७९, शुक्रबार
    1.3K
    SHARES

    काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । ललितपुरकाे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी गरिएको घोषणापत्रमा विभिन्न ६ वटा संकल्प गरिएको छ ।

    एमालेले जनप्रतिनिधिलाई शासक नभई जनताको सेवक भनेको छ । एमालेले अघि सारेको संकल्पअनुसार :-

    • हाम्रा जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक हुने छन्।
    • हाम्रा जनप्रतिनिधिहरू सामाजिक जागरण र विकासका अभियन्ता हुनेछन्।
    • हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनमा नमुना बन्नेछन् ।
    • हाम्रा जनप्रतिनिधिहरूले सदाचारमा दृष्टान्त स्थापित गर्नेछन्।
    • हाम्रा जनप्रतिनिधिहरूले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछन्।
    • हाम्रा जनप्रतिनिधिहरूले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा पुर्‍याउन अग्रणी भूमिका खेल्नेछन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend