Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • महानगर र उपमहानगरका लागि एमालेले वैशाख १० गतेमात्र उम्मेदवार छनोट गर्ने

    महानगर र उपमहानगरका लागि एमालेले वैशाख १० गतेमात्र उम्मेदवार छनोट गर्ने

    नेपालमञ्च संवाददाता
    बैशाख ८ २०७९, बिहिबार
    894
    SHARES

    काठमाडौँ । नेकपा एमालेले वैशाख १० गतेको बैठकबाट महानगर र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको लागि उम्मेदवार छनोट गर्ने भएको छ ।

    बिहीबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकमा सातै प्रदेशबाट महानगर र उपमहानगरका लागि उम्मेदवार सिफारिस गरेका नामहरूबारे सामान्य छलफल गर्दै अर्को बैठकले उम्मेदवार तय गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    ‘बैठकमा सातै प्रदेशबाट सिफारिस भएर आएका नाममा छलफल गर्यौ’, बैठकपछि गुरुङले बताए, ‘बैशाख १० गते ३ बजे बस्ने बैठकले निर्णय गर्छ । ’ उनले ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारका लागि चितवन, विरगञ्ज र ललितपुरमा एकएक जना सिफारिस भएपनि अन्य तीन महानगरमा मेयरका उम्मेदवार धेरै रहेको बताए ।

    प्रचार विभाग प्रमुख गुरुङका अनुसार चितवनको भरतपुरमा विजय, सुवेदी, वीरगञ्जमा विजय सरावगी र ललितपुरमा हरिकृष्ण व्याञ्जनकार सिफारिस भएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend