२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
कस्तो खालको रोग हो अटिजम ? यी हुन् लक्षण ? (भिडियोसहित)
सुरक्षा सुवेदी
२०७७ चैत्र ३० सोमबार
  •  
  •  
  •  
  •  

211

अटिजम कस्तो खालको रोग हो ?

अटिजम भनेको यो कुनै मानसिक समस्या होइन । अटिजम स्नायू र नसाको विकासमा आउने ह्रासले उत्पन्न हुने (Neuro-development Disability) अपाङ्गता हो ।

शारीरिकरुपमा धेरैजसो बालबालिका स्फूर्त देखिने गर्दछन् । बालबालिकाको भाषा विकास हुनु अगावै १२ महिनादेखि २ वर्ष अघि नै उसमा औंलाले संकेत गर्ने, हो वा होइन भनेर सोध्दा टाउको हल्लाउने, अभिभावकले औंलाले देखाएको वस्तुमा आँखा लैजाने, चिनेको आवाज सुन्दा टाउको फर्काउने, चिन्ने व्यक्तिसँग आँखा जुध्दा मुसुक्क हाँस्ने जस्ता सञ्चार गर्ने सीपहरुको विकास भएको छैन भने त्यस्ता बालबलिकामा Developmental Disability को शंका गर्न सकिन्छ ।

अटिजममा उनीहरुको कानले राम्रोसँग सुन्छ तर सुनिसकेपछि मैले व्यवहारमा उतार्नुपर्छ पर्छ भन्ने ज्ञान भने अटिजम भएको बच्चामा हुँदैन । यसमा बालबालिकाहरु सामान्य बालबालिकासरह गतिबिधि देखाउन असक्षम हुन्छन् भने केही अस्वभाविक गतिविधि देखाउने गर्छन्।

यसमा बच्चाको उमेरअनुसार हुनुपर्ने व्यावहारिक विकास, सामाजिक विकास अनि एकअर्कामा सञ्चार गर्ने क्षमताको विकास भएको हुँदैन ।

अटिजममा कुनै बच्चा अरुले भनेको कुराको उत्तर नदिने तर आफै बोलिराख्ने हुन्छन्। कुनै बच्चाहरु बोल्नै नसक्ने हुन्छन् ।

अटिजम भए नभएको बच्चा ३ वर्षको हुदाँ थाहा भइसक्छ । तर कतिपय आमा बुबालाई बच्चालाई अटिजमको बारेमा ज्ञान नहुँदा स्कुलमा जान थालेपछि मात्र पहिचान हुने गर्छ ।

त्यसैले आमाबुबाले आफ्नो बच्चाको सहि समयमा विकास भएको छ कि छैन भनेर उनीहरुको क्रियाकलापमा विशेष ध्यान दिनु जरुरी हुन्छ ।

अटिजमका लक्षणहरु

-बोलाउँदा प्रतिक्रिया नदिनु

-सिधा आँखा जुधाउन नसक्नु

-एउटै खेलौनासँग धेरैबेरसम्म खेलिरहनु

-कुनै क्रियाकलाप गर्दा एकोहोरिने हुनु ।

-बोलेर आफ्ना कुराहरु व्यक्त गर्न नसक्नु

-दोहोरो सञ्चार गर्न नसक्नु

-अरुबच्चासँग घुलमिल हुन नसक्नु

-आफ्नो पराइ भनेर छुट्याउन नसक्नु

-हात,टाउँको हलाइराख्नु

अटिजम हुनुका कारण

के कारणले अटिजम हुन्छ भन्ने कुरा अहिलेसम्म पत्ता लाग्न सकेको छैन । अटिजम किन हुन्छ भन्ने बारेमा अनुसन्धानहरु भइरहेका छन।

जेनेटिक, ढिला बच्चा जन्मिएमा, भाइरस इन्फेक्सन र घरमा एउटा बच्चालाई अटिजम छ भने अर्कोलाई हुने सम्भावना बढी हुन्छ भन्ने छ । परिवारमा कसैलाई अटिजम छ भने पनि जन्मने बच्चामा अटिजम हुने सम्भावना बढी हुन्छ ।

उपचार

अटिजम औषधि खाएर निको हुँदैन । यो जीवनभर नै रहिरहन्छ । तर चाँडो रोग पहिचान भयो भने थेरापीको माध्यबाट लक्षण कम गर्न सकिन्छ ।

नेपालमा पनि अटिजम केयर सेन्टर रहेका छन् । अटिजम भएका अभिभावकले त्यहाँ गएर परामर्श लिनु आवश्यक हुन्छ ।

आफ्ना बालबालिकालाई मनोवैज्ञानिक परामर्श, सामाजिक परामर्श, बोलीमा समस्या भएकाहरुलाई स्पिच थेरापी दिन सकिन्छ ।

थेरापीको माध्यबाट उनीहरुमा पढ्न, बोल्न सक्ने क्षमताको विकास हुने गर्छ ।

ध्यान दिनुपर्ने कुरा

अटिजमका बारेमा धेरैलाई ज्ञान छैन । बच्चा जन्माउनु भन्दा पहिले देखि नै अभिभावकले बच्चामा कस्ता–कस्ता रोग हुन्छन्, जान्नु पर्ने हुन्छ ।

बच्चा जन्मिसकेपछि आफ्नो बच्चाको समयअनुसार विकास जस्तै : औंलाले संकेत गर्ने, हो वा होइन भनेर सोध्दा टाउको हल्लाउने, अभिभावकले औंलाले देखाएको बस्तुमा आँखा लैजाने, चिनेको आवाज सुन्दा टाउको फर्काउने, चिन्ने व्यक्तिसँग आँखा जुध्दा मुसुक्क हाँस्ने जस्ता सञ्चार गर्ने सीपहरुको विकास भएको छ/छैन भनेर ध्यान दिनु पर्छ । यस्तो बच्चाको समय अनुसार विकास भएको छैन भने तुरुन्त विशेषज्ञलाई देखाउनु पर्छ ।

शिक्षकले पनि बच्चामा हुने रोगको बारेमा जानकारी राख्नुपर्छ । स्कुलमा अटिजम पहिचान सजिलै हुन्छ । यदि एउटा बच्चा अन्य बच्चाभन्दा भिन्न छ भने तुरुन्त अभिभावकलाई भन्नुपर्छ ।

समयमा नै अटिजमको पहिचान गर्न सके यसको प्रभावलाई कम गर्न सकिन्छ । धेरै जनालाई अटिजमबारे जानकारी नै छैन ।

सरकारी स्तरबाट नै यो रोगको बारेमा जनचेतना फैलाउनुपर्छ । सरकारले रोगको बारेमा चेतना फैलाउनुका साथै ठाउँठाउँमा केयर सेन्टर, थेरापी सेन्टर खोलिदिनु पर्छ ।

(सुवेदी बालस्वास्थ्य नर्स हुन्)

भर्खरै