२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
‘माधव नेपालसहित हामी सबै नयाँ सरकार गठनको पक्षमा छौं’
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २९ आईतवार
  •  
  •  
  •  
  •  

212

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनमा माधव नेपाल समूहको पनि सहयोग रहने बताएका छन् ।

आइतबार गृहजिल्ला चितवनमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘संविधान र लोकतन्त्र विरोधी केपी ओलीविरुद्ध नेपाली काँग्रेस, नेकपा हामी सबै माधव नेपालसहित, जनता समाजवादी पार्टी पनि संविधान र राष्ट्र र जनताको पक्षमा छौँ। हामी सबै नयाँ सरकारको पक्षमा छौं ।’

उनले कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा काँग्रेस र जनता समाजवादी पार्टीसँग छलफल भइरहेको उनले बताए।

उनले कसको नेतृत्वमा गठन गर्ने भन्ने विषय आपसी सहमतिबाट टुंग्याउने बताए ।

उनीहरु मिलेर सरकार बनाउन सही हुन्छ भन्ने कुरा पक्कै भएको उनले बतचाए ।

प्रचण्डले भने, ‘नेतृत्व कसको भन्ने कुरा सल्लाह हुँदै छ। सहमतिले जसको नेतृत्व हुन्छ त्यही मान्छौँ।’

तर अध्यक्ष प्रचण्डले आफूहरुले सरकारको नेतृत्व दावी नगरेको बताए । यस्तै प्रचण्डले केही दिनमै ओलीलाई प्रधानमन्त्रीबाट हटाउने बताए ।

प्रचण्डले प्रधानमन्त्री ओलीलाई चौथो पटक हटाउने कोसिस भइरहेको भन्दै अब छिट्टै हटाउने जिकिर गरे ।

भर्खरै