२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
लोकतन्त्र र संविधानको रक्षाका लागि ओलीको बहिर्गमन अनिवार्य : राणा
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २९ आईतवार
  •  
  •  
  •  
  •  

588

झापा : नेपाली कांग्रेसका नेता उदय शम्शेर राणाले प्रधानमन्त्री केपी शर्मा ओली अधिनायकवादको बाटोमा अगाडि बढेको आरोप लगाएका छन् ।

आज झापाको विर्तामोडमा नेपाल तरुण दल क्षेत्र नं. २ ले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा पूर्व अर्थ राज्यमन्त्री राणाले ओली सरकारको विकल्प खोज्नुपर्नेमा जोड दिए ।

‘ओली सरकार मुलुक र नागरिकप्रति जिम्मेवार छैन, जनतालाई समृद्धिका गफ दिने र सस्तो लोकप्रीयताका लागि प्रचारमुखी काममा व्यस्त छ,’ उनले भने, ‘तीन वर्षमा मुलुकको अर्थतन्त्र अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । गरिवी बढेको छ । प्रधानमन्त्रीज्यूले कुरा ठूला गर्नुहुन्छ । काम शून्य ।’

उनले ओली प्रधानमन्त्री बनेपछि लोकतन्त्र र संविधान कमजोर बनेको दावी गरे ।

‘लोकतन्त्रलाई कमजोर बनाउने र संविधानलाई च्यात्ने काम प्रधानमन्त्रीबाटै भएको छ,’ नेता राणाले भने, ओली सरकारलाई जति निरन्तरता दियो उति नै लोकतन्त्र कमजोर बन्छ ।’

उनले नयाँ सरकार गठनको प्रसंग उल्लेख गर्दै कांग्रेसले चाहेर मात्रै सरकार बन्ने अवस्था नरहेको प्रष्ट पारे ।

जनता समाजवादी पार्टी नयाँ सरकार गठनका लागि तयार नभएसम्म ओलीको विकल्प खोज्न सम्भव नरहेको बताए ।

‘कांग्रेसले चाहेर मात्र सरकार बन्दैन । माओवादी र जसपा तयार हुनुपर्छ,’ उनले भने, ‘माओवादी तयार भएपनि जसपा अलमलमा छ । जबसम्म जसपाले नयाँ सरकार गठनका पक्षमा निर्णय गर्दैन । नयाँ सरकार बन्न सक्दैन ।’

नेता राणाले कांग्रेस महाधिवेशन समयमै सम्पन्न गर्न क्रियाशील सदस्यताको काम छिटो टुंगिनुपर्ने बताए ।

उनले जिल्लाले सदस्यताको सूची केन्द्रमा पठाएपछि मात्रै महाधिवेशनको काम अगाडि बढ्ने भएकाले कार्यतालिका अनुसार क्रियाशील सदस्यताको काम गर्न आग्रह गरे ।

आइतबार पार्टीका विभिन्न कार्यक्रममा सहभागि हुन पूर्व अर्थ राज्यमन्त्री राणा पूर्वी जिल्ला गएका हुन् ।

आज नै पूर्व अर्थ राज्यमन्त्री राणाले झापा जिल्लाको क्षेत्र नं. ५ ले आयोजना गरेको नगरसमितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेला कार्यक्रममा सहभागि भएका थिए ।

कार्यक्रममा कांग्रेस झापाका सभापति उद्धव थापा, पूर्व उपसभाति देवमान थेवे, पूर्वसांसद विश्वदीप लिङ्देनलगायत जिल्लाका नेता कार्यकर्ता उपस्थित थिए ।

May be an image of 6 people, people standing and people sitting
May be an image of 2 people, people standing, people sitting, indoor and text that says 'REDMI NOTE RNE8 8 AI QUAD CAMERA'
May be an image of 5 people, people sitting, people standing and indoor

भर्खरै