Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • अस्ट्रेलिया जाँदै हुनुहुन्छ ? यो भिडियो हेर्नुहोस्, यस्तो समस्या पर्नसक्छ

    अस्ट्रेलिया जाँदै हुनुहुन्छ ? यो भिडियो हेर्नुहोस्, यस्तो समस्या पर्नसक्छ

    आदित्य नेपाल
    बैशाख ४ २०७९, आइतबार

    काठमाडौँ । सुन्दर जिवनको कल्पना गर्दै विदेश अध्यन गर्न जानेको संख्या दिनहुँ बढ्दो छ । रोजगारीको अवसर कम हुनु र भएका रोजगारीबाट जीवन धान्न अफ्ठ्यारो भएपछि नेपाली युवायुवती सुखी संसारको परिकल्पना गर्दै विदेशीने गरेका छन् ।

    उच्च शिक्षा अध्ययनकालागि धेरैको रोजाइमा अस्ट्रेलिया पर्ने गर्दछ । अष्ट्रेलिया जाने अधिकांश नेपालीले नेपालबाट कोसेली स्वरुप सामानहरु लैजाने गर्दछन् । कसैले नेपाली चाउचाउ, घरमा भएका घिउ, अचार लगाएतका खानेकुरा लाने गर्दछन् । कतिपयले गुन्द्रुक पनि लान रुचाउँछन् । तर, अष्ट्रेलियाको एयरपोर्टबारे कसैलाई जानकारी हुँन्दैन ।

    के सामान लान पाउने के नपाउने भन्ने नबुझेका नेपालीहरुले अस्ट्रेलिया पूग्नासाथ सास्ती खेप्नुपरेको छ । एयरपोर्टमा प्रतिबन्ध भएका सामानहरु बोकेर जाँदा उनिहरु कानूनी फन्दामा परेका छन् ।

    यस्तै नेपाली एक जोडी प्रहरीको फन्दामा परेका छन् । अस्ट्रेलियाको ब्रिस्बेन एयरपोर्टमा उनीहरु चेकजाँचमा परेका हुन् । ब्रिस्बेन एयरपोर्टका बायोसेक्युरिटिमा बसेका प्रहरीले उनीहरुलाई एयरपोर्टभित्रै रोकेका थिए ।

    चेकजाँचका क्रममा उनीहरुको लगेजमा प्रतिबन्धित सामानहरु फेलापर्दा प्रहरिले डिटेक्टिभ कुकुरलाई ल्याएर खोजतलास गर्न लगाएका थिए ।

    खोजतलासका क्रममा प्रहरीले उनीहरुसँग यस्ता प्रश्न सोधेका थिए– ’के यो ब्यागहरु तिमीहरुकै हो ? के तिमीहरुलाई थाहा छ ब्यागभित्र केके छ ?’

    स्टुडेन्ट भिसाबाट आएका यी जोडिको लगेजमा एयरपोर्टमा प्रतिबन्ध लगाइएको हाई रिस्क फ्रुट, नन् कमर्सियल प्याकेजड आईटम, विभिन्न तरकारीको बिउ र सुटकेसभरि खाद्यन्न वस्तु फेला परेको थियो।

    एयरपोर्टमा प्रतिबन्ध लगाइएको वस्तुसहित पक्राउ परेकाले उनीहरु ४२० डलर जरिवाना तिर्नुपरेको थियो ।

    हेर्नुहोस् भिडियो  :

    भिडियो स्रोत : एक्सक्लुसिभ न्यूज टाइम


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend