२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
ओली सरकार ढाल्न कांग्रेस, माओवादी र जसपा मिले हाम्रो सहयोग हुन्छ : नेपाल
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २९ आईतवार
  •  
  •  
  •  
  •  

3.2K

वीरगन्ज : नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी र विपक्षी दलहरु मिलेर सरकारको विकल्प खोजे आफूहरुको समर्थन रहने बताएका छन् ।

उनले आफ्नै पार्टी नेतृत्वको सरकारलाई सहयोग नगर्ने संकेत गरे ।

‘संसदीय समितिमा हामी अल्पमतमा छौं । त्यसैले केपी ओली सरकारको विकल्प खोज्न सक्दैनौं,’ उनले भने, ‘सबै प्रतिपक्षी र विपक्षी दलहरु मिलेर ओली नेतृत्वको सरकार हटाउन लागे भने हामी रोक्दैनौं।’

नेता नेपाललगायत चार जनालाई अध्यक्ष ओलीले पार्टीबाट ६ महिनाका लागि निलम्बन गरिसकेका छन् ।

नेपाल समूहले देशभर समानान्तर कमिटी गठनलाई तीब्रता दिएको छ ।

नेता नेपालले आफूहरुको लडाइ पद र सत्ताका लागि नभइ विधि र पद्धतिका लागि भएको बताए।

उनले एमालेलाई एकताबद्ध बनाउन र पार्टीमा शुद्धीकरणका लागि देशभर आफूहरुले अभियान चलाएको बताए।

नेपालले भने, ‘एकै जना व्यक्ति सधैं पद र कुर्सीमा रहिरहनुपर्छ भन्ने मानसिकताको विरोध हामीले गरेका हौं। सबैतिरबाट बहुमत नभएपछि बाहिरबाट थपेर बहुमत पुर्‍याउने नाममा ओलीले विधि र विधानलाई मिचेको उनले बताए।

भर्खरै