ओली र दाहालबीचको वार्ता सकियो

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र दाहालबीच बालुवाटारमा जारी वार्ता सकिएको छ । नेकपाभित्र विवादले उग्र रुप लिएकै बेला आज दुई अध्यक्षबीच वार्ता भएको थियो । अध्यक्षद्वयबीचको वार्ता सकिएलगत्तै केहीबेरमा स्थायी समिति बैठक सुरु हुँदैछ ।

संवैधानिक आयोगहरुमा नियुक्तिका लागि विवाद भइरहेको बेला ओलीले अकास्मात निर्णय गर्न सजिलो हुने गरी अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद थप उग्र बनेको छ । आजको स्थायी समिति बैठकमा ओली इतर समूहले कडारुपमा प्रस्तुत हुने यसअघि नै निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

TOP