
काठमाडौं – मेयरको टिकट नपाएपछि डिल्लीराम घिमिरेले नेकपा एमाले परित्याग गरेका छन् ।
झापाको मेची नगर नगरपालिकाको मेयरको उम्मेद्वार सिफारिस नभएपछि एमाले जिल्ला कमिटि सदस्य डिल्लीराम घिमिरेले पार्टी छाडेका हुन् ।
मेची नगरमा पत्रकार सम्मेलन गरेर घिमिरेले सहकर्मीहरुले पटक पटक आफूमाथि अन्याय गरेको भन्दै अन्याय सहनु भन्दा स्वतन्त्र जीवन जिउनु ठीक ठानेर एमाले छाडेको बताएका छन् । उनी पत्रकार सम्मेलनमा डाको छोडेर रोएका थिए ।
‘३१ वर्षअघि पार्टी सदस्य प्राप्त गरें, निरन्तर रुपमा एमालेको इमान्दार कार्यकर्ताको रुपमा काम गरें, तर पार्टीका केही नेताले मेरो अवमुल्यन गरेर अवसरबाट वञ्चित गर्ने र घेराबन्दीमा पार्ने काम गरें,’ उनले भने, ‘मलाई पार्टीका नेताहरुले रुहाउँदै रुहाउँदै निष्काशन गरे, म आफैं निस्किएको हैन, मलाई निकालेका हुन्, निस्किन बाध्य पारेका हुन् ।’
पत्रकार सम्मेलनमा भावुक भएका घिमिरेले आफ्ना आँसुले अन्याय गर्नेहरुलाई पिरोल्ने बताए । उनले भने ‘मेरो आँसुले मलाई अन्याय गर्नेहरुलाई पिरोल्ने छ, जसले मलाई यो पार्टीबाट रुँदै रुँदै बाहिरिने अवस्था सिर्जना गरे ।’
-
लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्र महिला निर्वाचित
-
चितवनमा रेनलाई ८ हजार ४९४ मतको अग्रता
-
एन्फा अध्यक्ष कर्माछिरिङको भोलि शक्ति प्रदर्शन
-
सप्तरीका पाँच स्थानमा कांग्रेस विजयी, अन्यमा कुन पार्टी ?
-
बालेनलाई १७,४२४ मतको अग्रता, भोलिसम्म आउँला अन्तिम परिणाम ?
-
बलात्कार मुद्दामा हदम्याद हटाउन महिला सांसदहरुको माग
-
बाबुरामको गृह प्रदेशमा किन कोही निर्वाचित भएनन् जसपाबाट ?
-
गठबन्धनलाई पराजित गर्दै धरान उपमहानगरको मेयरमा हर्क साम्पाङ विजयी
-
डाक्नेश्वरीको मेयर र उपमेयरमा एमाले विजयी
-
नवनिर्वाचित जनप्रतिनिधिका थरीथरी घोषणा, कसका के निर्णय ?