२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
ढुलमुलमा हरिबोल गजुरेल : प्रचण्ड छोड्ने निश्चित, एमाले जाने सम्भावना
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २८ शनिबार
  •  
  •  
  •  
  •  

5.2K

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेल पार्टी छोड्ने मनस्थितिमा रहेको बताइएको छ ।

माओवादी केन्द्रका शीर्ष नेतामध्येका एक गजुरेल एमाले प्रवेश गर्ने तयारीमा रहेको पूर्वमाओवादी केन्द्रकै नेताहरुले खुलासा गरेका हुन् ।

माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका उर्जामन्त्री टोपबहादुर रायमाझीले गजुरेल पार्टी छोड्ने मनस्थितिमा रहेको बताएका हुन् ।

‘माओवादी सशस्त्र युद्ध सुरु हुनुअघिका केन्द्रीय सदस्यमध्ये प्रचण्डजीसँग जम्मा ३ जना मात्रै छन् । हरिबोल गजुरेल, पम्फा भुसाल र देव गुरुङ,’ एक टेलिभिजन अन्तर्वार्तामा मन्त्री रायमाझीले भने, ‘पम्फा भुसाल र देव गुरुङजीले एकपटक प्रचण्डलाई छोडिसकेका हुन् । गजुरेलजी पनि अलमलमा हुनुहुन्छ । तर प्रचण्डसँगै नरहने सम्भावना धेरै छ ।’

उनले गजुरेल एमाले प्रवेश गर्ने सम्भावना पनि रहेको खुलाए ।

‘उहाँ एमाले प्रवेश गर्न सक्नुहुन्छ तर प्रचण्डसँगै रहनुहुन्न । यो चाँही स्पष्ट हो,’ प्रचण्डको आलोचना गर्दै मन्त्री रायमाझीले भने, ‘प्रचण्डलाई सबैले छोड्दै गएका छन् । उनी अन्तिममा एक्लै रहनेछन् ।’

भर्खरै