
काठमाडौं : नेकपा एमालेका सचिव रघुवीर महासेठले प्रदेश र संघको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)सँग तालमेल हुन सक्ने बताएका छन् । एमालेले माओवादीलगायत वामपन्थी र प्रगतिशील शक्तिसँग तालमेल गर्न सक्ने सम्भावना रहेको बताए ।
तर, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग भने तालमेलको सम्भावना पटक्कै नभएको उनको भनाइ छ ।
‘कसैले सोचेको थियो र २ पार्टीबीच एक्कासी एकता हुन्छ भनेर ? भयो त । सहकार्य हुन सक्छ’, सचिव महासेठले न्युज कारखानासँग भने, ‘अहिले माओवादी एउटा प्रतिक्रियावादी खेमामा पुगे पनि, दक्षिणपन्थी खेमामा पुगे पनि, कम्युनिस्ट आन्दोलनको विरुद्धमा पुगे पनि राजनीतिक रूपमा माओवादीलगायत वामपन्थी र प्रगतिशील पक्षसँग तालमेलको सम्भावना जहिले रहन्छ । तर, माधवकुमार नेपाल पक्षसँग रहँदैन ।’
एमालेको मधेस इन्चार्जसमेत रहेका महासेठले नेपाल नेतृत्वको पार्टीले एक्लै वडा सदस्य पनि कहीँ नजित्ने ठोकुवा गरे । कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको समर्थन पाउँदा पनि उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन जित्न मुस्किल पर्ने दाबी गरे ।
-
अछामका १० वटा पालिकाको वार्षिक राजश्व ६ करोड
-
बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा
-
पछिल्लो २४ घण्टामा थप १०९० जनामा कोरोना संक्रमण पुष्टि
-
नरदेवी क्षेत्रमा प्रहरीले बढायो निगरानी, ३ जना हुण्डी कारोबारी पक्राउ
-
आगामी निर्वाचनमा हामी महिला प्रत्यक्ष चुनाव लड्ने हिम्मत राख्छौंः डिला संग्रौला
-
कांग्रेस जनप्रतिनिधिको दुई दिने अभिमुखीकरण कार्यक्रममा देउवाले प्रशिक्षण दिने
-
फोहोर बोक्ने गाडी तोडफोडमाथि कडा कारबाही गर्ने मेयर बालेन्द्रकाे चेतावनी
-
विहारमा नितिशले तोडे भाजपासँगको गठबन्धन
-
अर्जेन्टिना पुगे गोलरक्षक सर्जियो रोमेरो
-
निर्वाचनका लागि एमालेले गरायो आयोगमा दल दर्ता