२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
ट्राफिक जरिवाना तिर्न बैंक पुग्न नपर्ने, अब अनलाइनबाटै भुक्तानी
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २७ शुक्रबार
  •  
  •  
  •  
  •  

92

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवानालाई अझ प्रभावकारी र सहज तरिकाले अनलाइन मार्फत भुक्तानी गर्ने प्रणालीको विस्तार गरेको छ ।

महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले यस अघि नै अनलाईन सेवा प्रदायक संस्थाहरुबाट सिधै ट्राफिक जरिवाना भुक्तानी शुरु भैसकेको र त्यसैलाई निरन्तरता दिदै आफ्नै बैंक खाताबाट सिधै जरिवाना तिर्न सकिने गरि सेवा विस्तार गरेको जानकारी दिए ।

शुक्रबार अनलाईन सेवा प्रदायक कम्पनी फोन पे प्रा.लि.को तर्फबाट दिवस कुमार सापकोटा र नेपाल क्लियरिङ्ग हाउस लि. (कनेक्ट आईपियस) का मुन्नी राजभण्डारी लगायतले हस्ताक्षर गरेका थिए ।

ट्राफिक जरिवाना रकम ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सुचना प्रणाली (आरआईएमएस) र सेवा प्रदायक संस्थाहरु वीचमा आबद्ध भइ रियल टाइममा सम्बन्धित बैकंको खाता मार्फत भुक्तान हुने गरि सिस्टम संचालन गरेको महाशाखाले जनाएको छ ।

शुक्रबारदेखि थप ४५ वटा बैंक तथा बित्तिय संस्था र ७ वटा अनलाईन भुक्तानी सेवा प्रदायक संस्थाहरुबाट सिधै ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने छ भने आगामी दिनमा अन्य सेवा प्रदायक संस्थाहरुसँग समेत जोडिदै जाने योजना रहेको महाशाखाले जनाएको छ ।

भर्खरै