काठमाडौं : बुधबार सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचन परिणाम आउन थालेको छ ।
पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट भएको महासंघको निर्वाचनको मतगणना हिजो साँझदेखि नै सुरु भएको थियो ।
मतगणना सम्पन्न भएका अधिकांश ठाउँमा प्रेस युनियन नेपाल नेतृत्वको गठबन्धन विजयी भएको छ।
केन्द्रीय नेतृत्वमा पनि प्रेस युनियनकै प्यालन अगाडि छ। बिहीबार बिहान ६ बजेसम्म मकवानपुर, अर्घाँखाची, रोल्पा, रौतहट, बझाङ, चितवन, धनकुटा, काभ्रे, दोलखा, संखुवासभा, नवलपुर, अछाममा प्रेस यूनियन नेतृत्वको प्यानल विजयी भएको हो ।
यसपटक १३ हजार भन्दा बढी पत्रकारले मतदान गरेका हुन् ।
हिजो एकैदिन केन्द्र, प्रदेश र जिल्लाको गरी तीनै तहको निर्वाचन भएको थियो ।