२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
प्रधानमन्त्री ओली उपराष्ट्रपति र सभामुख हटाउने मुडमा
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २५ बुधबार
  •  
  •  
  •  
  •  

1.6K

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति र सभामुख हटाउने रणनीति बनाएको बुझिएको छ ।

झगडिया बनेर सरकारविरुद्ध मुद्दा हाल्न गएको भन्दै सभामुख अग्नि सापकोटासँग असन्तुष्ट ओली उनलाई हटाउनुपर्ने मत राखिरहेका छन् ।

सभामुखको अनुपस्थितिमै यसअघि प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक राख्ने, नियुक्तिहरू गर्ने काम फटाफट अघि बढाइसकेका छन् ।

अब स्वयं सापकोटालाई नै हटाउन ओलीले निकटस्थहरूसँग सल्लाह गरिरहेको बुझिएको छ ।

पहिले सापकोटालाई राजीनामा दिन लगाउने न माने महाभियोग प्रस्ताव दायर गर्ने उनको रणनीति छ ।

संसद्का जेठा सांसदको हैसियतमा महन्थ ठाकुरलाई बाँकी दिनहरूको अधिवेशन अध्यक्षता गराउने ओलीको तयार छ ।

ओली सभामुखसहित उपराष्ट्रपति नन्दकिशोर पुनसमेतलाई बिदा गर्ने मुडमा देखिएका छन् ।

उपराष्ट्रपतिले ‘सरकारविरुद्ध ठाउँ–ठाउँमा भाषण गर्दै हिँडेको’ ओलीको आरोप छ ।

प्रजातन्त्र दिवसका दिन सैनिक मञ्‍च टुँडिखेलमा प्रधानमन्त्री र उपराष्ट्रपतिबीचको तिक्तता सहभागीहरूले प्रष्टै याद गरेका थिए ।

‘ओलीजी उपराष्टपतिसँग एकदमै रिसाउनुभएको रहेछ, सम्भवतः सरकारको कुनै निर्णयमा त्यो छिटै झल्किन्छ होला,’ ओली निकट एक नेताले भने ।

भर्खरै