२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
झपट बोहोराको सांसद पद पर्‍यो धरापमा
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २५ बुधबार
  •  
  •  
  •  
  •  

284

नेकपा (माओवादी केन्द्र) ले नेकपा (एमाले) प्रवेश गरेका सुदूरपश्चिम प्रदेशसभाका सदस्य झपटबहादुर बोहोरालाई स्पष्टीकरण सोधेको छ ।

अछाम निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट माओवादी केन्द्रको तर्फबाट निर्वाचित बोहोरालाई माओवादीले बुधबार २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीले माओवादीको केन्द्रीय सल्लाहकार सदस्य रहेको बेला प्रदेशसभामा निर्वाचित भए पनि एमाले प्रवेश गरेको भन्दै दल त्यागसम्बन्धी कानुनअनुसार कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेका हुन् ।

यस्तै बोहोरालाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण ​पेस गर्न निर्देशन पनि दिइएको छ । बोहोरा माओवादी केन्द्रमा फर्किने सम्भावना नभएकाले उनीमाथि कारबाही गरिने छ । पार्टीले कारबाही गरे उनको सांसद पद पनि धरापमा पर्ने छ ।

भर्खरै