एएफसी कप-२०२१ को सुरुआती छनोट चरणअन्तर्गतको खेलमा श्रीलंकाको श्रीलंका पुलिस एफसीविरुद्धको खेलमा खेलामा त्रिभुवन आर्मी ५-१ विजयी भएको छ ।
दशरथ रंगशालमा भएको खेलामा आर्मीले पहिलो हाफमा २-१ को अग्रता बनाएको थियो भने दोस्रो हाफमा ३ गोल थप्यो ।
खेलमा श्रीलंका पुलिसले सुरुवाती गोल गरेको थियो । २८औं मिनेटमा इभान्स एसान्तेले गोल गर्दै श्रीलंका पुलिसलाई अग्रता दिलाएका थिए ।
श्रीलंका पुलिससँग बराबरी गर्न आर्मीलाई केही समय संघर्ष गर्नुपर्यो ।
४१औं मिनेटमा सन्तोष तामाङले बराबरी गोल फर्काए । ४३औं मिनेटमा नवयुग श्रेष्ठले हेडर गोल गर्दै आर्मीलाई २-१ को अग्रता दिलाए ।
आर्मीका लागि खेलको ५०औँ मिनेटमा टंक बस्नेतले गोल गर्दै ३-१ को अग्रता दिलाए ।
खेलको ८३औ मिनेटमा सुदिल राईले आर्मीका लागि चौथो गोल गरे । खेलमा ३ मिनेट अतिरिक्त समय थपिएको थियो ।
अतिरिक्त समयमा नवयुगले पुनः १ गोल थपेसँगै श्रीलंका पुलिसविरुद्ध आर्मी ५-१ ले विजयी भएको हो ।
आर्मी एफसी कपको दोस्रो चरणमा प्रवेश गरेको छ । आर्मीले अर्को साता हुने भारतको बेंगलुरु क्लबसँगको भिडन्त पक्का गरेको छ ।