२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
कोरोना रिपोर्ट अब तीन घण्टामै, जीन एक्सपर्ट विधिबाट कोरोना परीक्षण
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २५ बुधबार
  •  
  •  
  •  
  •  

112

काठमाडौं : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जीन एक्सपर्ट विधिबाट पनि कोरोना परीक्षण सेवा सञ्चालनमा ल्याएको छ ।

प्रयोगशालाले बुधबार सूचना निकाल्दै छिटो कोरोना रिपोर्ट चाहनेका लागि जीन एक्सपर्ट विधिबाट परीक्षण गर्ने सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

प्रयोगशालाका अनुसार बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म जीन एक्सपर्ट विधिबाट कोरोना भाइरसको परीक्षण हुनेछ ।

परीक्षणको नमुना दिएको ३ घण्टामा रिपोर्ट उपलब्ध हुने जनस्वास्थ्य प्रयोगशाला टेकुद्वारा जारी सूचनामा उल्लेख छ ।

तुरुन्त उपचार गर्नु पर्ने अवस्थामा चिकित्सक वा अस्पतालको सिफारिस आएको खण्डमा मात्रै यो सेवा लिन सक्ने प्रयोगशालाले स्पष्ट पारेको छ।

प्रयोगशालाले जीन एक्सपर्ट विधिबाट कोरोना परीक्षण गर्दा एक हजार रुपैयाँ शुल्क लाग्ने जनाएको छ।

पीसीआर विधिबाट परीक्षण गर्दा पनि शुल्क एक हजार रुपैयाँ शुल्क लाग्ने गर्छ।

भर्खरै