२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
कांग्रेस नेता-कार्यकर्तालाई देउवाको ढाडस : पार्टी संकटमा छैन, आफूलाई कमजोर नठान्नूस्
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २५ बुधबार
  •  
  •  
  •  
  •  

203

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संकटमा नभएको बताएका छन् ।

नेता नवीन्द्रराज जोशीको १३औं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै सभापति देउवाले कांग्रेसले आफूलाई कमजोर ठान्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।

देउवाले पार्टीभित्र कुनै किसिमको विवाद नरहेको पनि बताए ।

नेताहरुले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बोलेको विषयलाई खण्डन गर्दे सभापति देउवाले पार्टी कहिल्यै पनि संकटमा नरहेको ठोकुवा गरेका हुन् ।

‘यहाँ दोहोरी खेल्ने कुरा छैन । नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन । आज पनि छैन । भोलि पनि रहँदैन । नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । यसलाई सबैले निभाउँदै गएका छौँ । धेरै पटक हामी हारेका छौँ । धेरै पटक जितेका पनि छौ । त्यसैकारण हामीले डिमोरलाइज हुने काम छैन । आफैले आफैलाई कमजोर गर्ने काम पनि छैन । त्यसैले हाम्रो पार्टी संकटमा छैन,’ देउवाले भने ।

भर्खरै