आइतबार, माघ ९ २०७८

नेपाल पत्रकार महासंघको चुनाव आज, १३ हजार पत्रकारले मत दिँदै

नेपाल पत्रकार महासंघको चुनाव आज, १३ हजार पत्रकारले मत दिँदै


Nepal Manch
चैत्र २५ २०७७, बुधबार

काठमाडौं : नेपाल पत्रकार महासंघको आज निर्वाचन हुँदैछ । आज केन्द्रीय, प्रदेश र जिल्ला गरी तीनै तहको निर्वाचन हुँदैछ ।

महासंघले निर्वाचनलाई स्वस्थ्य, मर्यादित र व्यवस्थित बनाउन सबै शाखा, प्रदेश र केन्द्रका निकायसहित आमपत्रकारलाई आह्वान गरेको छ ।

पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत एकै दिन हुन लागेको तीनै तहको निर्वाचनलाई सफल पार्न केन्द्रीय कार्यालयको तर्फबाट गर्नुपर्ने आवश्यक समन्वय, सहयोग र व्यवस्थापकीय कार्यका लागि सबै प्रदेशमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाएको हो ।

महासङ्घको यस वर्षको निर्वाचनमा १३ हजार १२२ मतदाता छन् ।

केन्द्रीय समितिका ४९ पदाधिकारीका लागि १५२ जनाको उम्मेदवारी परेको छ ।

प्रदेश नं १ मा महासंघ उपाध्यक्ष दिलीप थापा मगरको नेतृत्वमा केन्द्रीय सदस्य उद्धव तिमिल्सिना र सटेन्द्र जवेगु खटिएका छन् ।

प्रदेश नं २ मा सचिव शितल महतोको नेतृत्वमा केन्द्रीय सदस्यहरु सुरेश यादव र शैलेन्द्र झालाई केन्द्रीय प्रतिनिधिका रुपमा पठाइएको छ ।

वागमति प्रदेशमा सचिव रामप्रसाद दाहालको नेतृत्वमा केन्द्रीय सदस्य टेकराज थामी र नकुल अर्याल खटिएका छन् ।

त्यस्तै गण्डकी प्रदेशमा कोषाध्यक्ष राजेश मिश्रको नेतृत्वमा केन्द्रीय सदस्य नवीन कुइकेल,
लुम्विनी प्रदेशमा सचिव प्रकाश थापाको नेतृत्वमा केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदी खटिएका छन् ।

कर्णाली प्रदेश सचिव लक्ष्मी पुनको नेतृत्वमा केन्द्रीय सदस्य हरिहर शिंह राठौर र पूर्णप्रसाद चम्लागाई खटाएको महासंघले जनाएको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा सचिव रेम विश्वकर्माको नेतृत्वमा मिन वम र श्याम भट्टलाई केन्द्रीय प्रतिनिधि बनाइएको छ ।

उपत्यका प्रदेशमा उपाध्यक्ष दिलिप थापा मगरको नेतृत्वमा सदस्य छेटु शेर्पा र गोपाल वराइली, प्रतिष्ठान र एशोसिएट प्रदेशमा प्रकाश थापाको नेतृत्वमा केन्द्रीय सदस्यहरु टिकाराम प्रधान, जानुका वराल र राजेश चाम्लिङ रहेका छन् ।

महासंघको नेतृत्वका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । महासंघका बरिष्ठ उपाध्यक्ष विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्र बुढाथोकीले अध्यक्षको प्रतिस्पर्धामा छन् । बरिष्ठ उपाध्यक्षमा महासचिव रमेश विष्ट र माधव नेपाल प्रतिस्पर्धी छन् भने महासचिवमा बालकृष्ण बस्नेत र रोशन पुरी मैदानमा छन् । निर्वाचनमा १३ हजार बढी पत्रकारले मतदान गर्ने महासंघले जनाएको छ ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट