२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
बिस्का जात्रा रोक्ने निर्णय बदर माग गर्दै सर्वोच्चमा निवेदन
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २४ मंगलवार
  •  
  •  
  •  
  •  

62

भक्तपुर : भक्तपुरको प्रसिद्ध बिस्का जात्रा रोक्ने निर्णय बदर गरी पाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।

भक्तपुर नगरपालिका ५ निवासी ४३ वर्षीय अधिवक्ता राजकुमार सुवालले मंगलबार उक्त रिट दायर गरेका हुन्।

अधिवक्ता सुवालले रिटमा नेपालको संविधानको धारा १३३ (२) र (३) बमोजिम उत्प्रेषण, परमादेश र अन्य आवश्यक आदेश जारी गर्न माग गरेका छन्।

उनले बिस्का जात्रा रोक्ने निर्णय गर्ने जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (डीसीसीएमसी), केन्द्रका प्रमुख प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय भक्तपुर र गुठी संस्थान कार्यालय भक्तपुरलाई विपक्षी बनाएका छन्।

भर्खरै