२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
ओखलढुंगामा जिप दुर्घटना, तीन जनाको मृत्यु
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २४ मंगलवार
  •  
  •  
  •  
  •  

59

ओखलढुंगा : जिल्लामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिप चालक गम्भीर घाइते भएका छन् ।

मानेभन्ज्याङ गाउँपालिका ४ स्थित केतुके बजारबाट ढुसेनी गाउँतर्फ गइरहेको ना १ ज ८३३२ नम्बरको जिप मंगलबार दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा वर्ष ७१ की बिनामाया मगर, वर्ष ५० की टुल्कीमाया मगर र ५ वर्षीया डोलकुमारी मगर रहेका छन् ।

त्यसैगरी घाइते हुने चालक सिद्धिचरण नगरपालिका १० का वर्ष २६ का कमलबहादुर थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शिव कट्टेलले बताए ।

सामान बोकेर गइरहेको जिप बाटोबाट करिब तीन सय मिटर तल खसेको थियो ।

जिप भीरबाट खसेको कारण मृतक र घाइते दुवैको उद्धार गर्न धेरै समय लागेको थियो ।

डोरीको माध्यमबाट नेपाली सेना र नेपाल प्रहरीले उद्धार गरेका हुन् ।

भर्खरै