२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
कम्युनिष्टहरुलाई आँखा चिम्लेर बिश्वास गर्न सकिदैन : देउवा
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २४ मंगलवार
  •  
  •  
  •  
  •  

184

झापा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्यूनिष्टहरुले कांग्रेसलाई पटकपटक धोका दिएकाले विश्वास गर्न नसकिने बताएका छन् ।

मंगलबार झापामा शहीद यामबहादुर आचार्यको शालिक अनावरण कार्यक्रममा देउवाले कम्यूनिष्टलाई विश्वास गर्न नसकिने बताएका हुन् ।

उनले नयाँ सरकार गठनमा कम्यूनिष्टबाट विश्वासिलो वातावरण बने सोच्न सकिने उल्लेख गरे ।

‘धोका नहुने किसिमको प्रतिवद्धता आयो भने काँग्रेस सरकारमा जान्छ,’ उनले भने, ‘तर पटकपटक धोका दिएको कम्युनिष्टहरुसँग आँखा चिम्लेर बिश्वास गर्न सकिदैन ।’

देउवाले कांग्रेस अन्तरघातका कारण निर्वाचनमा पराजय हुने गरेको उल्लेख गर्दै पार्टीभित्र बृहत्तर एकतामा जोड दिए ।

‘पार्टीमा एकता चाहियो । हाम्रो पार्टी एक भएर हिडेको खण्डमा जित सम्भव छ । हामीलाई संसारको जुनसुकै तागतले पनि हराउन सक्दैन,’ देउवाले भने ।

अनावरण कार्यक्रममा सभापति देउवासँगै काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा, काँग्रेसका केन्द्रीय नेताहरू सँगै शहीद परिवारका सदस्यको पनि सहभागिता थियो । देउवा सोमबार झापा पुगेका हुन् ।

भर्खरै