२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
म माथि बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गल्ती गरें : प्रचण्ड
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २४ मंगलवार
  •  
  •  
  •  
  •  

493

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई बम हान्नेलाई मन्त्री बनाउनु गम्भीर गल्ती भएको स्वीकार गरेका छन् ।

उनले २०७० सालको संविधान सभा निर्वाचनमा आफूलाई लक्षित गरेर बम हान्नेलाई गृहमन्त्री बनाएको टिप्पणि गरे ।

गृहमन्त्री रामबहादुर थापा बादललाई लक्षित गर्दै प्रचण्डले भने, म माथि बम प्रहार गर्नैलाई गृहमन्त्री बनाएर मैले गल्ती गरे । २०७० सालको निर्वाचनमा मलाई लक्षित गरेर बम प्रहार भएको थियो । म केही सेकेण्डले बचेको थिए ।’

३२ औं जनआन्दोलन दिवसका सन्दर्भमा रूकुम पश्चिममा आयोजित प्रशिक्षण कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले एमाले प्रवेश गरेका नेताहरु आक्रोश व्यक्त गरे ।

२०७० सालको संविधानसभा निर्वाचनमा बादल लगायतका नेताहरु माओवादी परित्याग गरेर चुनावको विरुद्धमा उत्रिएका थिए ।

निर्वाचन बिथोल्न देशका विभिन्न ठाउँमा बम विस्फोट गराइएको थियो । त्यसको केही समयपछि बादल माओवादी केन्द्रमै फर्किएका थिए ।

माओवादी केन्द्रबाट सरकारको नेतृत्व गरेका गृहमन्त्री बादल एमाले प्रवेश गरेका हुन् ।

बादलसहित सरकारमा सहभागि सात मन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गरेका नेताहरुप्रति प्रचण्डले आक्रोश पोखेका हुन् ।

उनले पार्टी संगठन र जनताका बीचमा प्रभाव नभएका व्यक्तिलाई अवसर दिएर अर्काे गल्ती गरेको स्वीकार गरे ।

‘अब यो गल्ती गर्दिन । हिजो युद्धमा इमान्दारीताका साथ लागेका साथीहरुलाई अवसर दिन्छु म यो प्रतिवद्धता गर्न पनि यहाँ आएको हुँ,’ उनले भने ।

भर्खरै