बुटवल : माओवादी केन्द्रबाट निर्वाचित लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी पदमुक्त भएका छन् ।
प्रदेश सभाको मंगलबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले न्यौपाने र पन्थीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन् ।
न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ (२) र दिनेश पन्थी गुल्मी क्षेत्र नम्बर २(२) बाट निर्वाचित भएका थिए ।
प्रदेश सभा संसदीय दलको निर्णय र नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको जानकारी प्रदेश सभा सचिवालयमा प्राप्त भएको सभामुख घर्तीले जानकारी गराएका थिए ।