२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
एमालेमा माधव नेपालको समानान्तर संगठन, ओलीलाई चुनौती
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २४ मंगलवार
  •  
  •  
  •  
  •  

138

काठमाडौं : नेकपा एमालेभित्र नेता माधव कुमार नेपालले समानान्तर संगठन निर्माणलाई व्यापकता दिएका छन् ।

पार्टीमा गुटगत गतिविधि गरेको भन्दै ६ महिनाका लागि निलम्बित नेता नेपालले समानान्तर संगठन निर्माण कार्यलाई थप तीब्रता दिएका हुन् ।

पार्टीका भ्रातृसंस्था, जनवर्गीय संगठन हुँदै नेपाल समूहले पछिल्ला दिनमा जिल्ला कमिटी र प्रदेश कमिटी गठन गर्दैछ ।

तीन दिन अघि काठमाडौं जिल्ला कमिटी घोषणा गरेको नेपाल समूहले आज बागमती प्रदेश कमिटी गठन गरेको हो ।

अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १७५ सदस्यीय प्रदेश कमिटी गठन भएको हो ।

त्यस्तै नेपाल समूहले बागमती प्रदेशका सबै जिल्लामा इन्चार्ज र जिल्ला कमिटीका पदाधिकारी पनि चयन गरेको हो ।

काठमाडौंमा इन्चार्ज सावित्रा भुसाल, सहइन्चार्ज सुरेन्द्र मानन्धर, अध्यक्ष बसन्त मानन्धर, उपाध्यक्ष शोभा सापकोटा, सचिव कुसुम कार्की र उपसचिव एमपी श्रेष्ठ तोकिएका छन् ।

त्यस्तै काठमाडौं महानगर इन्चार्ज जीवनराम श्रेष्ठ तोकिएका छन् ।

ललितपुरमा अध्यक्ष हरिकृष्ण थापा, उपाध्यक्ष कृष्णमान लामा, सचिव प्रेम महर्जन, उपसचिव तारा सञ्जेल र महानगरपालिका अध्यक्षमा श्रीगोपाल महर्जन रहेका छन् ।

चितवनमा इन्चार्ज कृष्ण खनाल र अध्यक्षमा तेजेन्द्र खड्का तोकिएका छन् ।

मकवानपुरमा इन्चार्ज विरोध खतिवडा, अध्यक्ष मुनु सिग्देल, उपाध्यक्ष बद्री लम्साल, सचिव विष्णु ढकाल र उपसचिवको जिम्मा मिना लामालाई दिइएको छ ।

भक्तपुरमा इन्चार्ज सोमप्रसाद मिश्र, अध्यक्ष रजन केसी र सचिवमा अनिल श्रेष्ठ रहेका छन् ।

रामेछापमा इन्चार्ज देवशंकर पौडेल, अध्यक्ष शान्ति पौडेल र सचिवमा ज्ञानकुमार श्रेष्ठ रहेका छन् ।

सिन्धुपाल्चोक इन्चार्जमा अरुण नेपाल, अध्यक्षमा झंक नेपाल, उपाध्यक्षमा इन्द्रमाया गुरुङ, सचिवमा कमल नेपाल र उपसचिवमा सूर्य लामा रहेका छन् ।

सिन्धुलीमा इन्चार्ज कमलजंग राई, अध्यक्षमा सूर्य पाख्रिन, उपाध्यक्षमा चित्रबहादुर लुमेली र सचिवमा तारानिधि पोखरेल रहेका छन् ।

रसुवामा इन्चार्ज माधव अर्याल, अध्यक्षमा पेम्बा तामाङ र सचिवमा शिव लामिछाने रहेका छन् ।

धादिङमा अध्यक्ष शिवराज कँडेल, उपाध्यक्षमा इन्दिरा ढुंगाना, सचिव सुवास खतिवडा र उपसचिवमा शम्भु थापा रहेका छन् ।

आजै सुदूरपश्चिम प्रदेश कमिटी घोषणा गर्ने कार्यक्रम छ ।

नेपाल समूहले यसअघि अर्घाखाची, कास्की लगायतका जिल्लामा पनि पार्टी कमिटी गठन गरिसकेको छ ।

भर्खरै