२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
सुदूरपश्चिममा भीम रावल शक्तिशाली, एमालेका २५ प्रदेश सांसदमध्ये १६ नेपाल समूहमा
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २४ मंगलवार
  •  
  •  
  •  
  •  

284

धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको माधव नेपाल समूह बलियो देखिएको छ ।

एमालेका प्रभावशाली नेता भीम रावलको गृहजिल्ला भएको सुदूरपश्चिम प्रदेशमा नेपाल समूह बलियो देखिएको हो ।

सोमबारदेखि धनगढीमा सुरु भएको नेपाल पक्षीय प्रदेशस्तरीय बिस्तारिक बैठकमा एमालेका २५ प्रदेश सांसदमध्ये १६ सांसद उपस्थित भएका छन् ।

सांसद तारा लामा जिल्ला बाहिर रहेकाले आउन नसकेको जानकारी दिएको नेपाल समूहले जनाएको छ ।

नेपाल समूहले आज प्रदेशस्तरीय समानान्तर कमिटी घोषणा गर्ने तयारी गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले समानान्तर गतिविधि गरेको र पार्टीलाई विभाजनतर्फ लैजान खोजेको आरोपमा नेता नेपालसहित चार जनालाई कारवाही गरिसकेका छन् ।

कारवाही हुनेमा नेता रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे छन् । उनीहरुलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरिएको हो ।

नेपाल समूहले सर्वाेच्च अदालतको फैसला अनुसार पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने माग गरेका छन् ।

तर अध्यक्ष ओलीले पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो खारेज गर्दै नेपाल समूहका नेताहरुको जिम्मेवारी पनि खोसेका छन् ।

ओलीले माओवादी केन्द्रबाट एमाले आएका नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गर्दै जिम्मेवारी पनि दिइसकेका छन् ।

अध्यक्ष ओलीप्रति असन्तुष्ट बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले केन्द्रदेखि वडा तहसम्म समानान्तर संरचना निर्माण सुरु गरेका छन् ।

भर्खरै