२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
काठमाडौँमा दोस्रो डोजको खोप लगाउने तालिका सार्वजनिक
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २४ मंगलवार
  •  
  •  
  •  
  •  

78

काठमाडौं : स्वास्थ्य कार्यालय काठमाडौंले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउने कार्यतालिका सार्वजनिक गरेको छ। कार्यालयले २०७८ वैशाख ७ गतेदेखि ११ गतेसम्म दोस्रो डोज लगाउने कार्यतालिका सार्वजनिक गरेको हो।माघ १४ देखि फागुन १० सम्म खोपको पहिलो मात्रा लगाएकाहरूका लागि दोस्रो डोज लगाउने मिति निर्धारण गरिएको हो।

पहिलो डोज लगाएको केन्द्रमा नै दोस्रो डोज पनि दिन लागिएको कार्यालयले जानकारी दिएको छ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम ९आइसिएस०को बैठकले पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा दिने निर्णय गरेको थियो।

कसको पालो कहिले ?
माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकाहरुले वैशाख ७ गते।

माघ १८, १९, २०, २१ र २७ गते खोप लगाएकाहरुले वैशाख ८ गते।

माघ २२, २३, २४, २८ र फागुन २ गते खोप लगाएकाहरुले वैशाख ९ गते।

माघ २९, फागुन ३, ४, ५ र ६ गते खोप लगाएकाहरुले वैशाख १० गते।

माघ ३०, फागुन ७, ८, ९ र १० गते खोप लगाएकाहरुले वैशाख ११ गते।

भर्खरै