२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
भीम रावलले सुदूरपश्चिममा एमालेको समानान्तर कमिटी घोषणा गर्दै
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २४ मंगलवार
  •  
  •  
  •  
  •  

102

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको माध नेपाल समूहका नेता भीम रावलले समानान्तर कमिटी बनाउने भएका छन् । सोमबारदेखि धनगढीमा सुरु भएको खनाल(नेपाली समूहको प्रदेशस्तरीय विस्तारित बैठकले समानान्तर कमिटी बनाउने निष्कर्ष निकालेको हो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल, भीम रावललगायत चार जना नेतालाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।

निलम्बनपछि पहिलो पटक धनगढीमा बसेको प्रदेश कमिटीको बैठक मंगलबार पनि जारी रहनेछ । जेठ २ अघिका कमिटीहरूलाई सक्रिय बनाउँदै लैजाने तयारी भएको बैठकमा सहभागी एक नेताले बताए । ९ वटै जिल्लामा जिल्ला बैठक राखी कमिटीहरू तयार गर्न निर्देशन जारी हुने तायारी समेत भएको छ । नेता रावलले बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली समूहले गरेको एकपक्षीय निर्णयहरू कार्यान्वयन नहुने जानकारी गराएका थिए ।

बैठकमा नेपाल समूहका नेता रावलसहित, नेपाल समूहका प्रदेश अध्यक्ष भानुभक्त जोशी, प्रतिनिधिसभा सदस्य झपट रावल, केन्द्रीय सदस्य, प्रदेश र जिल्लाका पदाधिकारीहरू उपस्थित छन् ।

भर्खरै