२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
डेम्बेलेको गोलमा बार्सीलोनाको जीत
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २४ मंगलवार
  •  
  •  
  •  
  •  

39

एजेन्सी । समान डेम्बेलेले खेलको अन्तिम मिनेटमा गोल गर्दै बार्सिलोनालाई १० खेलाडीमा सिमित रियल भालाडोलिडमाथि महत्त्वपूर्ण जित दिलाएका छन् । खेलमा डेम्बेलेको एक मात्र गोल निर्णायक बन्यो । ला लिगामा लगातार छैटौँ जीतसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा बार्सिलोना अब मात्र एक अंकले पछि रहेको छ ।

सोमबार राति भएको खेल बराबरीतर्फ अघि बढिरहेकोमा खेलको ७९ औँ मिनेटमा ओस्कार प्लानोले डेम्बेलेलाई फल हानेपछि रातो कार्ड पाएका थिए । भालाडोलिड १० खेलाडीमा सिमित बनेको फाइदा उठाउँदै डेम्बेलेले रोनाल्ड आराउजोको पासलाई गोलमा परिणत गरे ।

अब बार्सिलोनाले शनिबार एल क्लासिकोमा रियल म्याड्रिडको सामना गर्नेछ भने अर्को महिना एथ्लेटिको म्याड्रिडको आतिथ्य गर्नेछ । २९ खेलपछि शीर्ष स्थानमा रहेको एथ्लेटिकोको ६६, बार्सिलोनाको ६५ र रियल म्याड्रिडको ६३ अंक रहेको छ ।

भर्खरै