२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
नेपाल समूहको समानान्तर कमिटीमा बस्नेलाई पनि कारवाही गर्ने ओलीको तयारी
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २३ सोमबार
  •  
  •  
  •  
  •  

204

काठमाडौं : नेकपा एमालेको संस्थापन पक्षले पार्टीमा समानान्तर कमिटी गठन गर्ने र कमिटीमा बस्ने सबैलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल समूहले पार्टीमा केन्द्रदेखि जिल्लासम्म समानान्तर कमिटी बनाइरहेका बेला संस्थापन समूहले कारवाहीको संकेत गरेको हो ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले माधवकुमार नेपाल पक्षले गठन गरेको समानान्तर कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्ने चेतावनी दिएका हुन् ।

सोमबारको प्रतिनिधि सभाको बैठकपछि पत्रकारसँग संक्षीप्त कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले समानान्तर कमिटी गठन गर्न उद्दत हुने र त्यो कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्ने चेतावनी दिए।

‘जसरी हिजोका दिनमा केही नेतृत्वका व्यक्तिहरुलाई कारबाहीको प्रक्रिया अघि बढेको छ,’ उनले भने, ‘अब यहि तरिकाले जाने हो भने समानान्तर कमिटी गठन गर्न उद्दत हुने र त्यो कमिटीमा बस्नेहरु समेतलाई कारबाहीको दिशामा पार्टी अगाडी बढ्छ ।’

लोकतान्त्रिक विधि, परम्परा र विधानबाट चल्नुपर्ने भन्दै उनले समानान्तर कमिटी गठन गर्ने कुरा पार्टीलाई स्वीकार्य नहुने बताए।

उनले भने, ‘लोकतान्त्रिक विधिबाट, परम्पराबाट विधानबाट चल्नुपर्ने पार्टी यदी गैह्रकानूनी तरिकाले चल्छ भने स्वभाविक छ त्यो पार्टीको कारबाहीको विषय बन्छ ।’

भर्खरै