२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
भारत सरकारको लगानीमा नेपालगञ्ज र दाङमा निर्मित परियोजनाको उद्घाटन
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २३ सोमबार
  •  
  •  
  •  
  •  

77

काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएका दुई वटा परियोजनाको उद्घाटन भएको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावासका प्रशासन प्रमुख करुण वंशलले भारत सरकारको करिव ९ करोड रुपैयाँ आर्थिक सहयोगमा निर्मित परियोजनाको उद्घाटन गरेका हुन् ।

वंशलले नेपालगञ्जमा हालै स्तरोन्नत गरिएको फत्तेबाल आँखा अस्पताल र दाङ जिल्लाको लमही बजारमा निर्मित राप्ती शित भण्डारको उद्घाटन गरेका हुन् ।

दुबै परियोजना निर्माणका लागि भारत सरकारले ८ करोड ९२ लाख अनुदान सहयोग गरेको थियो ।

यी दुवै परियोजनाहरु नेपाल–भारत विकास सहकार्य कार्यक्रम अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनको रुपमा सम्पन्न गरिएको हो ।

‘भारत सरकारको ४ करोड ६६ लाख रुपैयाँ अनुदान सहयोगमा निर्मित नयाँ अस्पताल भवनमा जेनेरल वार्ड, प्राइभेट वार्ड, अपरेसन थियटर, तालिम कक्ष, चिकित्सकका लागि बस्ने क्वाटर तथा ड्रेनेज सिस्टमको सुविधा रहेको छ,’ भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसैगरी भारत सरकारको नेरु ४ करोड २५ लाख र बाँकी नेपाल सरकार तथा उपभोक्ता समितिको सहयोगमा कूल ९ करोड ६६ लाख रुपैंया लागतमा ३२०० एमटी क्षमताको शित भण्डारको निर्माण गरिएको हो ।’

नेपालका ५२ जिल्लामा ४०० वटा मोतीबिन्दु शल्यक्रिया शिविर र १४ जिल्लामा ग्रामीण भेगका विद्यालयहरुमा आँखा शिविर सञ्चालन गर्न भारत सरकारले नेपाल नेत्र ज्योति संघलाई हालै करिव २१ करोड भारतीय रुपैयाँ अनुदान सहयोग उपलब्ध गराइसकेको छ ।

त्यस्तै भारत सरकारले नेपाल नेत्र ज्योति संघलाई पाँचवटा गाडी उपहारस्वरुप प्रदान गर्नुका साथै विद्यालयहरुमा बालबालिकाका लागि आँखा शिविर सञ्चालन गर्न एउटा आई केयर भ्यान पनि उपलब्ध गराएको छ ।

भारत र नेपालबीच लामो समयदेखि अटुट बहुआयमिक विकास साझेदारी रहदै आएको उल्लेख गर्दै राजदूतावासले दाङमा उद्घाटन गरिएको राप्ती शित भण्डारले दुई देशबीचको विकास साझेदारीलाई प्रतिबिम्बित गरेको बताएको छ ।

साथै कृषि क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेको प्रयासमा थप बल पु¥याएको भारतको विश्वास छ ।

भर्खरै