२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
नेपालमा पछिल्लो २४ घण्टामा २६६ जनामा कोरोना पुष्टि, चार जनाको मृत्यु
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २३ सोमबार
  •  
  •  
  •  
  •  

111

काठमाडौँ : पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार २६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । थपिएका २६६ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ३६ पीसीआर परीक्षण भएका छन् ।

यस्तै, २४ घण्टामा १०२ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ३ सय ४२ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।

१ हजार ८ सय ३२ जना आइसोलेसनमा र ६४ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २२ लाख ८९ हजार ८ सय २४ पीसीआर परीक्षण भएका छन् ।

भर्खरै