
काठमाडौँ-नेपाली विद्यार्थी समाज जापान नेसाजले जापानमा विभिन्न ठाउँमा अन्तरक्रिया गर्नेभएको छ । जापानमा लामो समयसम्म बसेर अनुभव हासिल गरेका व्यक्ती र विद्यार्थीहरूबिच अन्तरक्रिया कार्यक्रम गर्न लागेको जनाइएको छ ।
जापानमा रहँदा भोग्नुपर्ने समस्या , चुनौती र अवसरका बारेमा जानकारी दिनकालागि अन्तरक्रिया कार्यक्रम गर्न लागेको नेसाजका महासचिव सञ्जय कार्कीले बताए । अहिले १४ हजारको हाराहारीमा नेपाली विद्यार्थी जापान जाने तयारी मा रहेकाले उनीहरूलाई समेत सचेत गराउने गरी कार्यक्रम आयोजना गर्न लागिएको कार्कीले बताए ।
जापान प्रवेश गर्दा धेरै विद्यार्थीहरूलाई भाषागत समस्या बेहोर्नुपरेको स्मरण गर्दै कार्कीले एक्लोपना , चिन्ता आदी पनि समस्याको रूपमा रहेकाले कसरी जीवनलाई सहज बनाउन सकिन्छ भनेर अन्तरक्रिया गर्न लागेको बताए । आगामी दिनमा जापान प्रवेश गर्ने विद्यार्थीहरूमा यस्तो समस्या नहोस् भनेर कार्यक्रममार्फत सचेतना जगाउन लागिएको नेसाजका अध्यक्ष अजय रानाले बताए ।
साथै अन्तर्क्रियामा टिपोट भएका समस्या नेपाली राज्दुतावास लगायत विभिन्न निकाय सँग छलफल गरी समाधानको उपाय खोजिने उनको भनाइ छ । कार्यक्रम अप्रिल र मे महिना भरिमा जापानको विभिन्न ठाउँमा भौतिक र अनलाइनका माध्यम बाट गरिने कुरा संस्थाका प्रवक्ता ईश्वर थापाले जानकारी दिए ।
-
लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्र महिला निर्वाचित
-
चितवनमा रेनलाई ८ हजार ४९४ मतको अग्रता
-
एन्फा अध्यक्ष कर्माछिरिङको भोलि शक्ति प्रदर्शन
-
सप्तरीका पाँच स्थानमा कांग्रेस विजयी, अन्यमा कुन पार्टी ?
-
बालेनलाई १७,४२४ मतको अग्रता, भोलिसम्म आउँला अन्तिम परिणाम ?
-
बलात्कार मुद्दामा हदम्याद हटाउन महिला सांसदहरुको माग
-
बाबुरामको गृह प्रदेशमा किन कोही निर्वाचित भएनन् जसपाबाट ?
-
गठबन्धनलाई पराजित गर्दै धरान उपमहानगरको मेयरमा हर्क साम्पाङ विजयी
-
डाक्नेश्वरीको मेयर र उपमेयरमा एमाले विजयी
-
नवनिर्वाचित जनप्रतिनिधिका थरीथरी घोषणा, कसका के निर्णय ?