२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
चीनमा पनि बढे कोरोना संक्रमित
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २३ सोमबार
  •  
  •  
  •  
  •  

76

एजेन्सी । चीनमा जनवरी ३१ पछि आइतबार सबैभन्दा धेरै कोरोनाभाइरसका संक्रमित फेला परेका छन्। दक्षिणपश्चिमी प्रान्त युनानको रूइली सहरमामात्रै आइतबार १५ जनामा संक्रमण देखिएको छ। म्यानमारसँग सीमा जोडिएको यो सहरमा भेटिएका सबै संक्रमित स्थानीय रूपमा संक्रमित भएका हुन्।

विदेशबाट आएका संक्रमितहरू समेत जोड्दा आइतबार संक्रमितको संख्या ३२ पुगेको छ। चीनले लक्षणविहीन संक्रमितलाई संक्रमितको सूचीमा नराखे पनि आइतबार लक्षणविहीन संक्रमितको संख्या १८ जना थियो।

रूइली सहरमा भेटिएका संक्रमितको जेनेटिक एनालाइसिस गर्दा नयाँ संक्रमण म्यानमारबाट आएको देखिएको छ। आइतबार थपिएकामध्ये ११ जना संक्रमित म्यानमारी नागरिक भएको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

अधिकारीहरूले रूइली सहरका नागरिकहरूलाई केही दिनदेखि होम क्वारेन्टिनमा राखेका छन्। गत सातादेखि त्यहाँ ठूलो मात्रामा परीक्षण भइरहेको छ भने सहर छोड्न र प्रवेश गर्न पनि प्रतिबन्ध लगाइएको छ।

कोरोनाको संक्रमण रोक्न अधिकारीहरूले सहरमा खोप अभियानलाई पनि तीव्रता दिएका छन्। कोरोनाभाइरसको उद्गमथलो चीनमा अहिलेसम्म ९० हजार ३०५ जनामा संक्रमण भएको छ भने ४ हजार ६ सय ३६ जनाले ज्यान गुमाएका छन्।

भर्खरै