२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
भारतमा कोरोना संक्रमण तीब्र, महाराष्ट्रमा आजदेखि कर्फ्यु लगाइयाे
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २३ सोमबार
  •  
  •  
  •  
  •  

86

एजेन्सी । कोरोनाभाइरस सङ्क्रमण तीव्र बनेसंगै भारतको महाराष्ट्र राज्यमा आजदेखि कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरिंदै छ। महाराष्ट्रमा स्थानीय समय अनुसार आज रातको आठ बजेदेखि बिहानको सात बजेसम्म कर्फ्यु लागु हुनेछ।

सप्ताहान्तमा शुक्रवार राती आठ बजेदेखि पूर्ण रूपमा लकडाउन लागु हुने छ जुन सोमवार बिहान सात बजेसम्म कायम रहने छ। त्यो अवधिमा अत्यावश्यक सेवा मात्र सञ्चालनमा रहने छन। तर सार्वजनिक सवारी साधनहरू भने चल्ने छन्।

पसल, बार अनि रेष्टुराँले ग्राहकले किनेर लैजान दिन सक्ने वा घरघरमा खाना पुर्‍याउने कार्य भने जारी राख्न पाउनेछन्। सरकारी कार्यालयहरूमा ५० प्रतिशत कर्मचारीहरूलाई मात्रै बोलाउन भनिएको छ।

सकेसम्म घरबाटै काम गराउन भनिएको छ। यी प्रावधान अप्रिल ३० तारिखसम्म लागु हुने भारत सरकारले जनाएको छ।

भारतमा आइतवार एकैदिन ९३,२४९ सङ्क्रमित थपिएका थिए जुन गत सेप्टेम्बर महिनायताको सर्वाधिक ठूलो सङ्ख्या हो। उक्त सङ्ख्याको आधा भन्दा बढी संक्रमितहरु महाराष्ट्र राज्यमा छन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सङ्क्रमण फैलिनुको कारण पत्ता लगाउनका लागि एक विशेषज्ञ टोलीलाई त्यहाँ जान निर्देशन दिइसकेका छन् ।

कोभिड–१९ का कारण भारतमा हालसम्म करिब १,६५,००० जनाले ज्यान गुमाइसकेका छन्। अहिलेसम्म सङ्क्रमित पुष्टि हुनेको सङ्ख्या १ करोड २५ लाख भन्दा बढी छ।

शुक्रवारको टेलिभिजन सम्बोधनका क्रममा महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले केही मानिसहरूले सुरक्षाका उपायहरू नअपनाएको र मास्क लगाउन छाडेका कारण खोप लगाएपछि पनि सङ्क्रमणको दर बढिरहेको बताएका थिए।

‘मानिसहरू आफ्ना शैलीप्रति सन्तुष्ट भएका छन्। अर्थतन्त्रमा ध्यान दिने की स्वास्थ्यमा भन्ने विषयमा हामी दुबिधामा छौँ,’ ठाकरेले भने। ‘यस्तै अवस्था रहे, मैले पहिले पनि भनिसकेको छु कि १५ दिनमा हाम्रो स्वास्थ्ये पूर्वाधार चापमा पर्नेछ।’

मुम्बईबाट करिब १६० किलोमिटर पूर्वमा रहेको पुणे सहरमा भने कर्फ्यु लागु भैसकेको छ ।त्यहाँ एक हप्ताका लागि धार्मिक स्थल, होटल, बार, सपिङ मल र सिनेमा हल बन्द गरिएको बिबिसीले जनाएको छ।

भर्खरै