Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • नेपाली फ्यानलाई अक्षयको आग्रह : ‘बच्चन पाण्डे’ हेरिदिनुहोला (भिडियाे)

    नेपाली फ्यानलाई अक्षयको आग्रह : ‘बच्चन पाण्डे’ हेरिदिनुहोला (भिडियाे)

    नेपालमञ्च संवाददाता
    चैत्र ४ २०७८, शुक्रबार

    काठमाडौँ – बलिउड अभिनेता अक्षय कुमारले आफ्नो फिल्म हेर्न नेपाली दर्शकहरुलाई आग्रह गरेका छन् । एक भिडियो सन्देश जारी गर्दै अभिनेता अक्षयले आफ्नो फिल्म ‘बच्चन पाण्डे’ परिवार र साथीसँग हलमा गएर हेरिदिन आग्रह गरेका छन् ।

    उनले आजबाट हलमा लागिरहेको फिल्म बच्चन पाण्डे रमाइलो रहेको भन्दै यस्तो आग्रह गरेका हुन् । उक्त फिल्ममा अक्षय ‘बच्चन पाण्डे’ को अवतारमा देखिँदैछन् । अक्षय कुमार अभिनित फिल्म ‘बच्चन पाण्डे’को ट्रेलर फेब्रुअरी १८ मा भएको थियो ।

    अक्षयको साथमा ‘बच्चन पाण्डे’मा कृति सेनन, ज्याकलिन फर्नांडीज, अरशद वारसी, पङ्कज त्रिपाठी, प्रतीक बब्बर र अभिमन्यु सिंह जस्ता कलाकारको मुख्य भूमिका रहेको छ । निश्चय कुटाण्डाले लेखेका चलचित्रलाई फरहाद सामजीले निर्देशन गरेका हुन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend