निर्देशक/निर्माता हेमबहादुर लामालाई नेपाल चलचित्र निर्देशक समाजले दीर्घकालीन सम्मान प्रदान गरेको छ ।
समाजको १३ औं साधारण सभामा लामासँगै अन्य निर्देशकलाई पनि सम्मान गरिएको हो ।
कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले निर्देशक युवराज लामा, रमेश बुढाथोकी, प्रकाश सायमी र नारायण पूरीलाई सर्जक सम्मान गर्नुभयो ।
त्यस्तै युवा सम्मानमार्फत निर्देशक ऋषि लामिछाने, दीपाश्री निरौला, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा समाजले अक्षयकोषको घोषणा गरेको थियो ।