२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
नेपाल-खनाल समूहले आज समानान्तर काठमाडौं जिल्ला कमिटी घोषणा गर्दै
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २२ आईतवार
  •  
  •  
  •  
  •  

215

काठमाडौं : सत्तारुढ दल नेकपा एमालेभित्र समानान्तर गतिविधिले तीब्रता पाएको छ ।

एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल नेतृत्वको समूहले पार्टीभित्र समानान्तर संगठन निर्माण गर्न थालेका छन् ।

भ्रातृसंस्था र जनवर्गीय संगठनका समानान्तर कमिटी बनाइसकेको खनाल नेपाल समूहले यतिबेला पार्टीको जिल्ला कमिटी घोषणा कार्यक्रम अगाडि बढाएको छ ।

आज काठमाडौं जिला कमिटी घोषणा गर्ने कार्यक्रम छ ।

नयाँ बानेश्वरको बुद्धनगर पार्टी प्यालेसमा आज एक कार्यक्रमका बीचमा जिल्ला कमिटी घोषणा गर्ने कार्यक्रम रहेको नेताहरुले बताएका छन ।

कार्यक्रमलाई बरिष्ठ नेताद्वय खनाल र नेपालले सम्बोधन गर्ने जनाइएको छ ।

नेकपामा रहँदा देखिएको विवाद एमालेभित्र थप चर्किएको छ ।

पार्टीमा गुटगत गतिविधि गरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधव नेपासहित चार जनालाई कारवाही गरिसकेका छन् ।

नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि साधारण सदस्यबाट हटाइएको छ ।

भर्खरै