२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
नेपालमा थप तीन जनामा कोरोनाको नयाँ भेरियन्ट
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २२ आईतवार
  •  
  •  
  •  
  •  

102

धनगढी । सुदूरपश्चिम प्रदेशका तीन जनामा कोरोना भाइसरको नयाँ भेरियन्ट पुष्टि भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म तीन जनामा कोरोनाको नयाँ भेरियन्ट पुष्ट भएको हो।

कञ्चनपुरका एक जना, डोटीको जोरायल गाउँपालिकाका एक र डडेल्धुराको पर्शुराम नगरपालिकाका एक जना गरी तीन जनामा नयाँ भेरियन्ट पुष्टि भएको हो। नयाँ भेरियन्टको कोरोना भएका सबै जना घरमै आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो पटक शनिबार कञ्चनपुर कृष्णपुर नगरपालिका–५ का एक पुरुषमा नयाँ प्रकारको ९भेरियन्ट० कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको हो। दुई साताअघि भारतको कर्नाटकबाट फर्केका व्यक्तिमा नयाँ प्रकारको कोरोनाको सङ्क्रमण भएको पाइएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड पर्सन सिद्धराज भट्टले बताएका थिए।

‘शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको नतिजा आएको छ,’ उनले भने, ‘नतिजामा कृष्णपुरका एक जनामा नयाँ प्रकारको कोरोना सङ्क्रमण देखिएको छ।’ उनको स्वास्थ्य अवस्था सामान्य छ। भारतको कर्नाटकबाट फर्केका उनी पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भित्रिएका थिए।

भर्खरै