२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
एमालेको विभाजन रोक्न राष्ट्रपति सक्रिय ! किन पुगिन् डल्लु ?
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २१ शनिबार
  •  
  •  
  •  
  •  

216

काठमाडौं : सत्तारुढ दल नेकपा एमालेभित्रको विवाद विभाजनसम्म पुग्ने आकलन भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएकी छन् ।

राष्ट्रपति भण्डारीले एमालेका पूर्व अध्यक्ष एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग भेट गरेकी छन् । राष्ट्रपति आफै खनाल निवास डल्लु पुगेकी हुन् ।

खनाल ओलीइतर समूहमा छन् । ओलीले एमालेलाई छिन्नभिन्न बनाउन खोजेको भन्दै खनाल अर्का नेता माधव कुमार नेपाल समूहमा छन् ।

खनाल-नेपाल समूह देशभर समानान्तर गतिविधि गरिरहेको छ । एमालेभित्र विवाद बढ्दै गएका बेला राष्ट्रपति भण्डारी खनाल निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

शनिबार दिउँसो डल्लुस्थित खनालको निवासमा पुगेर राष्ट्रपति भण्डारीले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल गरेको वरिष्ठ नेता खनालले बताए ।

राष्ट्रपति स्वास्थ्य अवस्था बुझ्न खनाल निवास पुगेको भनिएपनि दुई जनाबीच एमालेभित्रको विवादबारे कुराकानी भएको थियो ।

राष्ट्रपतिले एमाले एकताका पक्षमा जोड दिएको नेता खनालले बताए ।

‘हामीले एकछिन भलाकुसारी गर्‍यौं । विगतका कुराहरु पनि हामीले गर्‍यौं । अहिलेको वर्तमान स्थितिको बारेमा पनि अलिकति कुराकानी गर्‍यौं, खनालले भने, ‘उहाँले पार्टी आन्दोलन एकताबद्ध भएर जाओस्, लोकतन्त्र राम्रो भएर जाओस्, सुदृढ भएर जाओस्, मेरो राष्ट्रपतिको हैसियतले यही चाहना छ भन्ने कुरा व्यक्त गर्नुभयो ।’

राष्ट्रपति भण्डारी खनाल निवास जानुअघि छिमेकमा रहेका इतिहास संशोधन मण्डलका अध्यता एवं प्रवर्तकहरु दिनेश पन्त र महेश पन्तको घरमा पुगेकी थिइन् ।

नेकपाभित्रको विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय हुने गरेकी थिइन् ।

सर्वाेच्च अदालतले नेकपा खारेज गर्दै साविककै एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला गरेको हो । अहिले एमालेमा पुरानै नेकपाको विवाद जारी छ ।

भर्खरै