२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
पार्टीका सबै संरचनाको समानान्तर कमिटी गठन गर्ने माधव नेपाल समूहको निर्णय
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २१ शनिबार
  •  
  •  
  •  
  •  

138

काठमाडौं : माधव कुमार नेपाल समूहले पार्टीका सबै संरचनाको समानान्तर कमिटी गठन गर्ने निर्णय गरेको छ ।

नेपाल समूहले भ्रातृसंस्था र अन्य जनवर्गाीय संगठनका साथै जिल्ला समितिमा पनि समानान्तर कमिटी गठन गर्ने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कम्यूनिष्ट आन्दोनललाई कमजोर बनाउन सक्रिय रहेको निष्कर्श नेपाल समूहले निकालेको छ ।

नेपाल समूहको स्थायी कमिटी बैठकले ओलीका गतिविधि एमालेलाई छिन्नभिन्न बनाउने र कम्यूनिष्ट आन्दोलनलाई कमजोर बनाउन भूमिका खेलेको निष्कर्श निकालेको हो ।

बैठकका निर्णय सुनाउँदै एमाले नेता भीम रावलले ओलीले सर्वाेच्च अदालतको फैसला र पार्टीको विधानविपरीत गतिविधि गरेको आरोप लगाए ।

‘नेपाल कम्यूनिष्ट पार्टी एमालेको नवौं महाधिवेशनको मार्गनिर्देशन, पार्टीको विधान र सर्वाेच्च अदालतको फैसलाविपरीत ओलीका काम भइरहेका छन्, यसप्रति हामीले गम्भीर आपत्ति जनाएका छौं,’ उनले भने, ‘एमालेलाई छिन्नभिन्न बनाउने र कम्यूनिष्ट आन्दोलनलाई कमजोर बनाउने काम ओलीबाट भइरहेको छ ।’

नेता रावलले आगामी दिनमा सांगठानिक संरचना विस्तार र प्रशिक्षणका लागि देशव्यापी अभियान चलाउने निर्णय भएको बताए ।

‘हाम्राबारे फैलाइएका भ्रमहरु चिर्न र जनतालाई सुसुचित गराउने काम गर्छाैं,’ उनले भने, ‘देशमा थप राजनीतिक अन्यौलता हुन नदिन र थप अस्थिरताबाट हुन नदिन हामी सचेत भएर अगाडि बढ्छौं ।’

नेता नेपाल समूहले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए ओलीलाई विश्वासको मत दिने÷नदिने भन्नेमा मौन रहेको छ ।

नेता रावलले तत्कालीन अवस्था हेरेर आफूहरु निर्णयमा पुग्ने प्रतिक्रिया दिए ।

भर्खरै