Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • सनिस श्रेष्ठको छलाङ, चिबहालदेखि एनएसएलसम्म

    सनिस श्रेष्ठको छलाङ, चिबहालदेखि एनएसएलसम्म

    नेपालमञ्च संवाददाता
    फाल्गुन २० २०७८, शुक्रबार
    2.8K
    SHARES
    काठमाडौँ- सनिस श्रेष्ठ ललितपुर सिटी एफसीमा अनुबन्ध भएका छन् । नेपाल सुपर लिगको दोस्रो संस्करणकालागि भएको अक्सनमा ललितपुरले श्रेष्ठलाई ३ लाख ५० हजारमा बोली लगाएको हो ।
    धापाखेलको चिबहाल यूथ क्लबबाट आफ्नो फुटबल करियर सुरु गरेका श्रेष्ठ विभागीय फुटबल क्लब एपीएफमा आबद्ध छन् ।  उनले १८ वर्षमुनिको ए डिभिजन लिगमा ब्रिगेड ब्वाइजबाट खेलेका थिए ।
    हालै सम्पन्न  ए डिभिजन लिगमा गरेको प्रदर्शनका आधारमा ललितपुर सिटीले उनलाई अनुबन्ध गरेको हो । फुटबलमा निरन्तर साधना गरिरहेका श्रेष्ठ सबैको नजरमा पर्न थालेका छन् ।
    उनले  आहा रारा गोल्ड कप र विराट गोल्ड कप जस्ता उत्कृष्ट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन  गरेका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend